स्कुल बसको ठक्करले एक बालिकाको ज्यान गयो

0
259

नवलपुर,२० चैत । नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा आज (बुधबार) विहान भएको सवारी दुर्घटनामा परि एक बालिकाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार परासी– सुनवल सडक खण्डको बरतौलीमा सुनवलतर्फ आउँदै गरेको लु १ क २९९३ नम्बरको लुम्बिनी माध्यमिक विद्यालय सुनवलको स्कुल बसले ठक्कर दिँदा सोही ठाउँ निवासी दुई वर्षीया बालिका आर्य खनालको मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाईते भएकी बालिकाको उपचारको क्रममा जिल्ला अस्पताल पृथ्वी चन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।@नारायणी अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here