सुनाैला हजार दिनका अामा समूह गठन

0
347

परासी ,१८ चैत । नवलपरासीको सरावल गाउँपालिका ५ फुलबरीयामा सुनाैला हजार दिनका पुराना अामा समूह पुनरगठन तथा अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएको छ। बहुक्षेत्रिय पाेषण कार्यक्रम अन्तर्गत युनिसेफकाे सहयाेग तथा सरावल गाउँपालिकाकाे अायाेजनामा उक्त कार्यक्रम सम्पन्न भएको हाे।  पाेषण अवस्था सुधार गर्ने उद्देश्यले सन्चालित कार्यक्रम सरावल गाउँपालिका उपाध्यक्ष उतमा रायको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुखअातिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चौधरीले यश कार्यक्रमले महिला, बालबालिका, किशोरकिशोरीका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश समृद्ध हुन गर्भवती , सुत्केरी आमा र बच्चाको स्याहार गर्नुपर्नेमा जोड दिए । गर्भावस्थाको ९ महिना अर्थात् २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात् ७ सय ३० दिनको अवधिलाई सुनौलो हजार दिन (आमा र बच्चाको गोल्डेन डे) भनिन्छ। महिला गर्भावस्था भएदेखि बच्चा जन्मेको दुई वर्षसम्म कसरी स्वस्थ रहन सकिन्छ, गर्भवती र सुत्केरी भएका वेला कस्तो खानेकुरा खाने भन्ने कुराकाे बिशेष ख्याल पुर्‍याउन जरुरी रहेको छ। खानामा गेडागुडी ,हरिया सागसब्जि ,माछा मासु ,फलफूलले यश अवस्थाले बच्चा र अामाकाे स्वास्थ्यमा ठुलाे भुमिका खेल्ने भएकोले खानपिनमा बिशेष ख्याल राख्न अाग्रह समेत गरेका थिए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष रायले महिला तथा २ वर्ष मुनिका बच्चाहरुलाई पोषण प्रदान गर्ने उद्देश्य रहेको सुनौला हजार दिन कार्यक्रमले बाल तथा मातृ कुपोषण न्यूनिकरण गर्न मद्दत गर्ने गर्दछ । तसर्थ हजार दिनको संवेदनशील समयमा उचित पोषण र हेरचाह गर्दा बालबालिकाको शारीरिक तथा मानसिक क्षमतामा गहिरो प्रभाव पार्ने उल्लेख गर्नुभयो । पोषण बहुआयामिक विषय भएकाले यसका लागि पनि बहुक्षेत्रीय पहल गर्न आवश्यक पर्ने बताइन् । उनले भनिन्,‘‘यो अभियानले मातृशिशु तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने विश्वास लिएको छु ।’’

सो अवसरमा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झबिश्वर रेग्मीले पोषण, खाद्य सुरक्षा तथा सुनौला हजार दिन कार्यक्रम मातृशिशु पोषण स्थितिमा सुधार ल्याउन सरावल गा.पाले बहुक्षेत्रीय पोषण योजना सुरु गरेको छ । अझै पनि आमा तथा बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण भएकाले उक्त योजनाले आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने लक्ष्य राखेको छ । कार्यक्रममा ५० जना महिलाहरुकाे सहभागीता रहेको थियाे।

कार्यक्रमकाे प्रशिक्षण सरावल गा.पा स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकाेटा , गा.पा स्वास्थ्यशाखा सहायक बाबुराम तिमिलसेना,प्रा.स साेनेलाल शाह र ना.प्रा.स बसन्त खवासले गर्नुभएको थियो ।

त्यस्तै  सरावल गाउँपालिका ६ मा प्रधानमन्त्रि कृषि अाधुनिकिकरण गाेदाम तथा तालिम हलकाे निरिक्षण तथा अनुगमन सम्पन्न भएको छ। निरिक्षण तथा अनुगमनमा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी ,उपाध्यक्ष उतमा राय,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झबिश्वर रेग्मी,वडा नं.६ वडा अध्यक्ष कैलाश यादव, प्रा.स साेनेलाल शाह लगाएतले निरिक्षण तथा अनुगमन गर्नु भएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here