सरावल गाउँपालिकाका ५ सय ९ घरधुरी परिवारलाई गाउँब्लक लालपुर्जा बितरण 

0
311

परासी,१८ चैत । नवलपरासीको सरावल गाउँपालिका ५ साबिक बडहरा दुबाैलियामा देखि गाउँ ब्लक लालपुर्जा बितरण कार्य सुरु भएको छ। हाल सरावल गाउँपालिका ५ साबिक बडहरा दुबाैलिया गाबिस भित्रका ५ सय ९ घरधुरी परिवारलाई गाउँ ब्लक लालपुर्जा बितरण कार्य अाइतबारदेखि सुरु भएको हाे।

नापी कार्यालय परासीको आयोजना तथा सरावल गाउँपालिका ५ को समन्वयमा एक कार्यक्रमका बिच जग्गा भएर पनि पुर्जा बिहिन भएका ५ सय ९ घरधुरी परिवारलाई गाउँ ब्लक जग्गा धनी लालपुर्जा बितरण कार्य सुरु गरिएको हो ।

नापी कार्यालय परासीका प्रमुख नापि साखा प्रमुख सुग्रिम यादवको अध्यक्षता एवम वडा नं ५ वडा अध्यक्ष दिनेश सहानिको प्रमुख आथित्यतामा वडा नं ५ को सभा हल मा पुर्जा बितरण कार्य सुरु गरिएको हो । पुर्जा बितरण अाजदेखि १९ गतेसम्म गरिने वडा अध्यक्ष दिनेश सहानिको जानकारी दिनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here