बुटवल, १८ चैत । अपरिचित व्यक्तिको गोली प्रहारबाट कपिलवस्तुको कृष्णनगरमा १ जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–१० विद्यानगरका ४५ वर्षीय पारस पुरीको गएराति गोली लागेर मृत्यु भएको हो । आफ्नो घर नजिकै बसेका बेला पुरीमाथि मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले ९ बजेतिर गोली प्रहार गरेर भागेका थिए ।
छातीमा गोली लागेर गम्भीर घाइते बनेका पुरीको उपचार क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए । मृतक पुरी वैदेशिक रोजगारीमा मान्छे पठाउने एजेन्टको काम गर्दै आएका थिए । पुरीमाथि गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।@अनलाइन खबर