परासी, १७ चैत । सुस्ता भुमी बचाउनका लागि मरिमेटिन सुस्ताबासी अहिलेसम्म नेपाली नागरिकता नपाएको दुख व्यक्त गरेका छन् । सुस्ता भुमी जोगाउन सुस्ताबासी बर्षेनी भारतीय एसएसबी र भारतीय पक्ष संग लडदै आएका छन् तर आजसम्म उनीहरु संग नागरिकता नभएकाले उनीहरु आफनो पहिचना बन्न सकेको छैन ।
२०२२ सालदेखि सुस्तामा बसोबास गरिरहेका सुस्ताबासीहरु २०२४ सालमा ३६ घरबाट फैलिदै अहिले २६५ घरधुरी भएको छन जसबाट ३ हजार ३ सय ३१ जना जनसंख्या बढेको छ तर अहिलेसम्म २९६ जनाले मात्र नागरिकता पाएका छन भने उमेर पुगेपनि १ हजार ८ सय जना नागरिकता पाउनबाट बन्चित छन् ।
सुस्ताबासी संग नागरिकता नभएकाले भारत भन्छ यहाँका बासिन्दा र भुमी हाम्रो हो र केहि सुस्ताबासीलाई त आतन्कबादी समेत भन्छ तर सुस्ताबासी आफुँलाई नेपाली भएको गौरव महसुस गर्दै भारतीय एसएसबी संग लडदै आएका छन् । सरकारले सुस्ताबासीलाई नागरिकता नदिएकाले कुनै पनि सरकारी कामकाज गर्न र कारोबार गर्न कठिनाई भए संगै आफुँहरु ठुलो संकटमा परेको स्थानिय मुन्ना खानले दुखेसो पोखे ।
सुस्ता भुमी सुस्ता पन्चायत रही साविकको त्रिवेणी गाविसको वडा ४ भई हाल सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने एक गाउँ हो । सुस्ता गण्डक (नारायणी) नदीले घेरिएको एक गाउँ हो । सुस्ता पुग्न एक मात्र नेपाली भुमीको बाटो गण्डक नदीमा डुङ्गा तारेर पुग्ने हो अर्काे बाटो भने भारतको विहार भैंसालोटन, भेडिहारी हुदै जंगलको बाटो हो ।
४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता भुमी हाल १४ हजार हेक्टर जग्गा भारतीय पक्षद्धारा अतिक्रमण भैसकेको छ । बचेको २६ हजार ९८० हेक्टर जग्गा मध्ये भारतीय एसएसबीले कब्जाउन खोजेको १९ हजार ४८० हेक्टर जग्गलाई विवादित जग्गा भन्दै सुस्ताबासीलाई जोतभोगबाट रोक लगाएको छ । हाल ७ हजार ५ सय हेक्टर जग्गा मात्र सुस्ताबासीको कब्जामा छ त्यो पनि नागरिकता र पुर्जा नभएकाले कुन बेला भारतीयले कब्जा गरिहाल्ने हो भनि सुस्ताबासीलाई चिन्ता समाएको छ ।
२०६४ सालमा त्रिवेणीमा आएको नागरिकता टोलीबाट करिब एक सयजनाले जन्मको आधारमा नागरिकता प्राप्त गरेका थिए तर अहिले सरकारले कसैलाई पनि नागरिकता नदिएकाले आफुँ र सुस्ता भुमी खतरामा परेको महिला नेत्री लैला बेगमले जानकारी दिईन् ।
सरकारले सुस्ताबासीलाई नागरिकताको ठाउँमा आश मात्र दियो । सुस्ताबासी संग नागरिकता भएकाले उच्च शिक्षा हासिल गर्न र नोकरी तथा रोजगारबा गर्नबाट बन्चित छन् । सुस्तामा शिक्षा, विद्युत, खानेपानी, स्वास्थ्य लगायत जस्ता महत्पुर्ण समस्याहरु पनि छन् । सुस्तामा नगदेबालीको रुपमा उखुु खेती गर्ने गर्दछन् ।
तयार उखु जिल्लामा ल्याउनु पर्दा भारतको भुमीबाट एसएसबीले ल्याउन दिनबाट रोक लगउदा कतिपयको उखु खेतमै सुकेर जान्छ भने कतिको नारायणीमा डुंगा पल्टेर भेलीको क्षति भएको छ । सुस्तामा हाल १४ वटा उखु क्रेसर छ । एका तिर सुस्तामा शिक्षा, विद्युत, खानेपानी, बाटोबाटको व्यवस्था नरहेकाले सुस्ताबासीको जिवन संकटमा परेका छ ।