नवलपुरमा विप्लवका दुई जिल्ला नेता पक्राउ

0
250

नवलपुर, १४ चैत । जिल्ला प्रहरीले पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जिल्ला नेतालाई पक्राउ गरेको छ । देवचुली २ बाट नवलपुर जिल्लाका जनपरिषद उपप्रमुख दीपककुमार घर्ती सोमै (सम्राट) र नेकपाका जिल्ला सदस्य पारस गौतम पक्राउ परेका हुन् ।

सोमैलाई उनकै घरबाट र गौतमलाई देवचुली २, चौधरी उद्योग अगाडिबाट पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here