पुर्जी दिन उखु मिलका कर्मचारीहरु माग्छन् १ हजार रुपैया घुस

0
295


परासी, १२ चैत । उखु क्रसिङ्ग ढिलाई र बारम्बार उखु मिल बिग्रिने कारणले अझै ५० प्रतिशत उखु क्रसिङ्ग हुन बाकी रहेको देखिन्छ । डेढ महिना उखु क्रसिङ्ग ढिलाईका कारण उखु किसानहरुको उखु क्रसिङ्ग सिजन सकिसक्दा पनि अभै खेतमा सुकीरहेको अवस्थामा छ । उखु किसानहरु उखु मिलको पुर्जी लिन दिनभरि लाईनमा बसिरहन परेछ यता पहूँचवालाहरुले पहुँचको आधारमा सहजै पुर्जी पाउने गरेको छन् ।
जिल्लामा लुम्बीनी चिनी मिल, बागमति खाडसारी चिनी मिल र ईन्दिरा सुगर मिल गरि ३ वटा ठुलो उखु मिलहरु संचालनमा छन् ।

बागमति र ईन्दिरा चिनी मिलमा किसानहरुलाई पुर्जी दिने कर्मचारीहरु पुर्जी बापत १ हजार देखि १५०० रुपैयासम्म घुस लिने गरेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । उनले भने, एक त मिलहरुले गरिब किसानहरुलाई पुर्जी दिईरहेका छैनन अर्काे तर्फ पुर्जी दिँदा पनि १ हजार देखि १५०० रुपैयासम्म घुस लिने गरेको अाराेप लगाउदै यता तर्फ जिल्ला प्रशासन र स्थानिय तहकाे ध्यान पनि नपुगेकाे दुख व्यक्त गरे ।

उखु मिलले उखु खसाल्ने पुर्जी दिएपछि किसानहरु उखु कटान गरि उधारोमा मिलमा उखु खसाल्ने गर्दछ तर पुर्जी नपाएकाले मिलमा उखु खसाल्न नपाउने मिलको नियम रहेको बताइएको छ । पुर्जी लिन लाईनमा बसीरहेका किसानहरु संगै पुर्जी काटने कर्मचारीहरु निशुल्कमा दिने पुर्जीमा पनि घुस लिई पुर्जी दिने कार्यले गरिब किसानहरु झनै मर्कामा परेका छन् ।

यतिबेला किसानहरु उधारोमै उखु मिलमा दिन हप्तांै दिन लाईनमा बसी रहने बाध्यता त छ छदै छ यता भुक्तनी पाउने कहिले हो कहिले भन्दै स्थानिय किसान युवराज मौयले दुखेसो पोखे । अहिलसम्म ५० प्रतिशत उखु क्रसिङ्ग हुन बाकी छ प्रत्येक बर्ष फागुन महिनामै उखु क्रसिङ्ग सिजन सकिने गरेपनि यसबर्ष जेष्ठ महिनासम्म पनि उखु मिलहरु चलिरहने मिलहरुले बताएका छन् । जिल्लामा कुल साढे ७ हजार हेक्टयर क्षेत्रफलमा उखु खेती हुदै आएको छ जसमा करिब १४ हजार घरपरिवार उखु खेती आवद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here