नवलपुरमा बस पल्टिँदा ६ घाइते

0
290

नवलपुर, चैत ११- नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिकै पूर्वपश्चिम राजमार्गमा आज दिउँसो बस पल्टिँदा छ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले दिएको जानकारी अनुसार नेपालगन्जबाट नारायणगढका लागि छुटेको ना ६ख ६८५९ नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिँन जादा बसमा सवार छ जना घाइते भएका हुन् ।

घाइते मध्ये प्युठान नगरपालिका ७ बस्ने वर्ष ३५ कि बिन्दु परियारको अवस्था गम्भीर रहेको छ । उनको भरतपुरमा उपचार भइरहेको छ । अन्य घाइतेहरुमा नवलपरासी रामग्राम नगरपालिका १८ बस्ने वर्ष ३० की उमा खनाल दाङको लमई ५ बस्ने वर्ष ३६ का हेमराज आचार्य , बर्दिया गुलरिया ९ बस्ने वर्ष १९ का विश्वराम चौधरी, बाँके चिसापानी– १ बस्ने वर्ष ५० का मिन रानामगर र रुकुम पश्चिमको चौतारी गाउँपालिका–१० बस्ने वर्ष २९ की त्रिशा डागी रहेका छन् । अन्य घाइते ५ जनाको स्थानीय मनकामना पोलीक्लिनिकमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक लामिछानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here