सुस्ता, ११ चैत । पश्चिम नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं. ७ गुठी सुर्यपुरामा एक पुरूषको शव भेटिएको छ । सोमबार दिउँसो गुठी सुर्यपुरामा पावर हाउसको अगाडि मुख्य पश्चिमी गण्डक नहरमा शव बगिरहेको अवस्थामा स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरे पछि प्रहरीले शवलाई नहरबाट निकालेकाे हाे ।
भेटिएको शव विनई त्रिवेणी गाउपालिका वडा नम्बर ७ रानीनगर बस्ने वर्ष ३२ का भोला मुसहरको रहेकाे बताइएकाे छ । उनी पौडी खेल्ने क्रममा शुक्रबार देखि गण्डक नहरमा बेपत्ता थिए । फेला परेकाे शवलाई पोस्टमार्टमको लागी पृथ्विचन्द्र जिल्ला अस्पताल परासी पठाईएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएकाे छ ।