सुस्ता, ९ चैत । पश्चिम नवलपरासीको प्रतापपुगर गाउँपालिका ८ पिपरपातीको धोबहा खोलामा पुल बनेपछि स्थानिय खुशी भएका छन् । प्रतापपुर गाउँपालिकाको वडा नम्बर ८ र सुस्ता गाउँपालिका वडा नम्बर ४ जोड्ने उक्त कज्बे पुलको निर्माण कार्य गरिएको हो । उक्त कज्बे पुल ४० लाख रुपैया लागतमा बनेको छ ।
गत आर्थिक बर्ष ४० लाख विनियोजन भएकोमा सो रकम अपुग भएको भन्दै उपभोक्ता समिति बाट काम सम्पन्न गर्न दस लाख रकम थप माग भएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताउनु भएको छ । उता प्रशासकीय अधिकृत बोधराज बस्यालले स्थगल अनुगमन तथा प्राविधिक मुल्यांकनको आधारमा केही रकम थप्ने आवश्यकता आए गाउँपालिका थप्न सक्ने बताए ।
खोलामा पुल नहुँदा स्थानिय र कृषकहरुलाई आवत जावत तथा खेतीपाती गर्न निकै कठिनाई भइरहेको थियो तर पुल निर्माण भएपछि वारी पारी आवत जावत गर्न सहज भएको स्थानिय बताउछन् । विगतका बर्षहरुमा बाढीको बेला खोला तरेर आवतजावत गर्दा कम्तीमा दस भन्दा बढि स्थानियको डुबेर ज्यान समेत गइसकेको वडा सदस्य निजामुदिन मियाले बताउँछन् ।