सरावल गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान

0
282

परासी, ९ चैत । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । गाउँपालिकाको वडा ५ मा १०६ जना जेष्ठ नागरिकहरुलाई एक भव्य समारोह बिच दोसल्ला ओढाई सम्मान गरिएको हो । वडा नं. ५ को आयोजनामा आयोजित वडा अध्यक्ष दिनेश सहानिको अध्यक्षता तथा सरावल गाउँपालिका उपप्रमुख उतमा रायको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सरावल गाउँपालिका –५ निवासी ९४ वर्षिय सहदेइ कहार र राजमंगल दास सहित १०६ जना जेष्ठ नागरिकहरुलाई दसल्ला ओढाइ सम्मान गरिदै चवनपरास पनि वितरण गरिएको गाउँपालिका उप–प्रमुख उत्तमा रायले जानकारी दिईन । जेष्ठ नागरिकहरुको सम्मान गर्दै सरावल गाउँपालिका उपप्रमुख रायले जेष्ठ नागरिकहरु अभिभावक मात्र नभएर भगवानसरी रहेकाले वहाँहरुको स्याहार गर्ने जिम्मा सम्पुर्णको रहेको बताइन ।

जेष्ठ नागरिक समाजको अग्रपंक्ती भएकाले जेष्ठ नागरिकहरुको समस्यालाई गाउँपालिकाले पहिलो प्राथामिकता दिने बताइन । र अब गाउँपालिकाबाट दिट्टै जेष्ठ नागरिक कार्ड बितरण गर्ने साथै यो क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्य सुधव सहानि,किसुन कहार , रबडि देबि हरिजन,बिन्द्रावति राजभर ,बिकाउ हरिजन,भोजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीको अध्यक्ष उमेश बि.क ,जन्ता अधारभुत बिद्यालय प्र.अ रबिन्द्र गौड ,वडा स्तरीय जनबिकास युवा क्लब अध्यक्ष गोपिचन्द हरिजन र जेष्ठ नागरिक बिश्वामित्र तिवारी लगायतले कार्यक्रमको शुभकामना मन्तब्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here