काठमाडाै, ८ चैत । वैदेशिक रोजगार विभागका नायब सुब्बा रामकुमार फुयाँल ६० हजार घुससहित पक्राउ परेका छन् । वैदेशिक रोजगारको लेनलेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई धम्क्याएर ६० हजार रुपैयाँ घुस लिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले फुयाँललाई पक्राउ गरेको हो ।
नासु फुयाँलले घुसवापत लिएको रकम जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुब खड्कालाई राख्न दिएका थिए । सोही रकम फिर्ता लिने क्रममा दुबैजनालाई जोरपाटीचोकको सापकोटा मिठाई पसलबाट पक्राउ गरिएको अख्तियारको कार्यालयले जनाएको छ । पक्राउ परेका दुबैजनाको थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।