काठमाडौं, ८ चैत । भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकले झण्डै २ करोड भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मानप्रसाद हाल करदाता सेवा कार्यालय पाँचथरमा कर अधिकृत थिए । डेढ वर्ष रोल्पामा राहत शिक्षकको काम गरेका अख्तियारका अनुसार २०६८ असोज ११ मा अधिकृतमा नियुक्त भएका थिए ।
स्रोत नखुलेको रकम जफत गर्न र भ्रष्टाचार निवारुण ऐनअनुसार कारबाही गर्न माग गर्दै दायर गरेको मुद्दामा अख्तियारले मानबहादुर र उनकी श्रीमती आइतमालीलाई प्रतिवादी बनाएको छ । @अनलाइन खबर