रकेट चुल्हाे बनाउने तालिम सम्पन्न

0
279

परासी ,४ चैत । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकिटोलमा अाज एक दिने रकेट चुल्हाे बनाउने तालिम सम्पन्न भएको छ ।

प्रतापपुर गाउँपालिका वडा नं. ८ का दलित र अति बिपन्न परिवारका सदस्यलाई साे तालिम प्रदान गरिएको हाे।

युनाइटेड मिसन टु नेपालद्वारा सन्चालित तराई बाढी पुन:लाभ कार्यक्रम अन्तर्गत फटकिटोलका ३० जना महिलाहरूलाई रकेट चुल्हाे बनाउने तालिम प्रदान गरिएको हाे।तालिमको प्रशिक्षण बिकल्पका फिल्ड अपिसर राम नगिना गुप्ताले गर्नुभएको थियाे।

बिकल्पका फिल्ड अपिसर राम नगिना गुप्ताले सुधारिएको चुल्हो सहज रुपमा प्रयोग गर्ने सकिने, धुवाँको कम उत्पादन गर्ने, इन्धनको बचत गर्ने भएकोले यसको धेरै फाइदा भएको तथा स्वच्छ उर्जाको पहँुचले धेरै महिलालाई फाइदा हुने बताउनुभयो । उहाँले सुधारिएको चुल्होको व्यवसायीकरणले महिला सशक्तिकरण हुने र धुवाँ कम आउने हुँदा स्वास्थ्यमा पनि सुधार हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here