चितवन, ४ चैत । बोलेरो गाडीको ठक्करबाट चितवनको रत्ननगरमा एक जना किशोरको ज्यान गएपछि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ ।
प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरी बलपूर्वक राजमार्ग खुलाएको प्रहरी कार्यालय टाँडीले बताएको छ । अश्रुग्यास प्रहारपछि सडकमा धर्ना दिएर बसेका झण्डै तीन सय प्रदर्शनकारी तितरबितर भएको प्रहरीले जनाएको छ ।
रत्ननगर नगरपालिका–१० स्थित निपनी चोकमा बोलेरोको ठक्करबाट स्थानीय कैलाश टोलका पैदलयात्रु १३ वर्षीय वसन्त थापाको मृत्यु भएको थियो । आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ५००७ नम्बरको बोलेरो गाडीले किशोरलाई ठक्कर दिएको थियो ।@नारायणी अनलाइन