दक्ष जनशक्ति बनाउन सय जना दलित युवायुवतीलाई निशुल्क सवारी चालक तालिम

0
269


परासी, ४ चैत्र । प्रदेश ५ को सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखी अगाडी बढन सुझाव दिएका छन् । स्थानिय तहले भौतिक पुर्वाधार भन्दा शैक्षिक गुणस्तरलाई प्राथमिकतमा राखी प्राविधिक शिक्षालाई पनि अगाडी बढाउन सुझाव दिएका हुन् ।

पश्चिमी नवलपरासीको सुनवल नगरपालिकामा रहेको महाकवि देवकोटा मावि अन्तर्गत संचालित प्राविधिक शिक्षालय (टेक्स) को आयोजना तथा सुनवल नगरपालकाको आर्थिक सहयोगमा एक सय दलित युवायुवतीहरुलाई ३ महिने निशुल्क हलुका सवारी चालक तालिम कार्यक्रमको समुद्दघाटन गर्न पुगेको मन्त्री बरालले श्रम शक्तिलाई दक्ष जनशक्तिको रुपमा उत्पादन गर्ने यस प्राविधिक शिक्षालयलाई प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने बताए ।

मन्त्री बरालले भने, सुनवल नगरपालिकाले अगाडी सारेको सुनवल नगरलाई शैक्षिक हब बनाउने योजनालाई आर्थिक र भौतिक सहयोग गर्न प्रदेश सरकार संग पहल गर्ने जानकारी दिए । सुनवल नगरपालिकाका प्रमुख भिम बहादुरा थापा क्षेत्रीको अध्यक्षतामा भएको तालिम समुद्दघाटन कार्यक्रममा, पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्दघाटन गर्दै मन्त्री बरालले परम्परागत शिक्षा संग संगै प्राविधिक शिक्षालाई पनि अगाडी बढाउदै लैजान नगरपालिकालाई सुझाव दिए ।

कार्यक्रममा नगरपालिका प्रमुख भरत थापाले सुनवल नगरपालिकामा रहेको गरिब तथा जेहेन्दार १ सय जना दलित युवायुवतीहरुलाई सवारी चालक तालिम प्रदान गरि ति युवायुवतीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले यो तालिम संचालन गरिएको बताए । यस प्राविधिक शिक्षालयमा अटोमोबाईल्स सम्बन्धि प्राविधिक शिक्षा लिन हाल २४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यस शिक्षालयले अहिलेसम्म ७५३ जना विद्यार्थीहरुलाई अटोमोबाईल्स सम्बन्धित दक्ष मेकानिकको रुपमा उत्पादन गरिसकेको र सबैले रोजगार समेत गरिरहेको महाकवि देवकोटा माविको व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए । उनले, यस तालिमले अबका दिनमा सवारी चालक शिक्षालाई पनि निरन्तरता दिईने बताए ।

कार्यक्रमका अध्यक्ष एवं नगर प्रमुख भरत थापा, प्रमुख अतिथि एवं सामाजिक विकास मन्त्री सुदर्शन बराल, अतिथि एवं नेकपा प्रदेश सदस्य भविष्वर तिवारी, नगर उप–प्रमुख दधिराम अर्याल, रेडियो सुनवलका अध्यक्ष विष्णु पौडेल लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रममा नगरपालिकाको विभिन्न वडा अध्यक्ष एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here