परासी , ३ चैत। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाले सेवाग्राहीको सहजतालाई मध्यनगर गर्दै वडा कार्यालयबाटै सम्पत्ती तथा भूमी कर ( मालपोत ) तिर्ने ब्यवस्था मिलाएको छ।
यस अगाबै गाउँपालिकाका सरावल स्थित मुख्य प्रशासनिक भवनबाट मात्र दिईदै आएको सेवालाई बिस्तार गरी अबबाट वडा नं १ तिलकपुर र वडा नं ७ भुजहवाबाट समेत सेवा सुरु गरिएको गाउँपालिका उपाध्यक्ष उतमा रायले जानकारी दिनुभएको छ।
जनताले सहजै रुपमा पाउनुपर्ने सेवालाई मध्यनगर गर्दै पाएकपर्ने स्थानमा सम्पत्ती तथा भूमी कर तिर्ने ब्यवस्था मिलाईएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयाे।
अनलाईन प्रविधी मार्फत मुख्य प्रशासनिक भवन सरावल सहित दुवै वडा कार्यालयबाट जुनसुकै वडा नागरिकले कर तिर्न सकिने गरिने ब्यस्थापन गरिएको प्रमुख प्रशासकिय अधिकृत झविश्वर रेग्मीले जानकारी दिनुभयो ।