सरावल, ३ चैत।नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ मा झुल बितरण गरिएको छ।
वडा नं. ५ काे अायाेजनामा वडा नं. ५ अन्तर्गत पर्ने ६ वटा टाेलमा प्रतिघर एककाे दरले ८२५ वटा झुल बितरण गरिने वडा नं. ५ वडा अध्यक्ष दिनेश सहानिले जानकारी दिनु भएको छ।
अाज बड्कि दुबाैलिया,छाेड्कि दुबाैलिया र बड्हरा गरि ४७१ वटा बितरण गरिएको छ।
सरावल गाउँपालिका वडा नं. ५ अन्तर्गत पर्ने गाउबसिमाहरुलाई लामखुट्टेकाे टाेकाईबाट वचन र लामखुट्टेकाे माध्यमबाट लाग्ने विभिन्न सरुवा राेग जस्तै टाईफाइड , मलेरिया लगाएतका राेगबाट बच्नका लागि झुल बितरण गरिएको छ।
झुल बितरण गर्दै वडा नं. ५ का वडा अध्यक्ष सहानिले सम्पुर्ण जनमुदायमा मेराे भएकोले स्थानीय सरकारबाट पाइने सेवा सुबिधा वहाहरुमाझ पुर्याउन मेराे दायित्व पनि हाे। मबाट समाज कल्याणका लागि हुने हरेक सहयोग र साथ हमेश गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।
कार्यक्रममा वडा सदस्य सधव सहानि,किसुन कहार , रबडि देबि हरिजन,बिन्द्रावति राजभर र वडा स्तरीय जनबिकास युवा क्लब अध्यक्ष गाेपिचन्द हरिजन लगाएको सहभागीता रहेकाे थियाे।