ठेकेदार फरार भएपछि सुस्ताको झुलुङ्गे अलपत्र

0
262

परासी, ३ चैत्र । लामो समयदेखि ठेकेदार फरार रहेपछि सुस्ताको झोलुङ्गे पुल अलपत्र परेको छ । भारतीय विवाद र मेटिरियलको अभाव देखाउदै आलटाल गर्दै आएको ठेकेदार अहिले सम्पर्कमा नआएपछि पुल अलपत्र परेको हो । जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेको सुस्ताबासी पुल बन्न नसकेकाले अहिलेपनि जोखिमपुर्णै यात्रा डुङ्गा चढेर आवत जावत गर्न बाध्य रहेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले दुखेसो पोखे ।

सुस्ता भुमी हाल पश्चिीमी नवलपरासीको सुस्ता गाउँपालिका ५ मा पर्दछ । नारायणी नदी (गण्डकी) पारी भारतको विहार संग जोडिएको सुस्ताभुमी र जिल्लाको सुस्ता गाउँपालिका जोडने गरि सरकारले ४ वर्ष अगाडी झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको लापरवाहीले उक्त पुल बन्न सकेको छैन । पुल निर्माण सुभारम्भ नै एक वर्ष ढिलो भएको स्थानियले बताए । वर्षाैदेखि जोखिम पुर्ण यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ जोडन एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना दिएको थियो । वि.स २०७३ पुषमा शुरु भएको उक्त झोलुङ्गे पुलको निर्माण कार्य अझै १० प्रतिशत पनि काम हुन सकेको छैन ।

१ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको उक्त झोलुङ्गे पुलको बेस बनाउन कार्यमा जम्मा १६ वटा पाईल मात्र धाँसिएको छ । पुलको निर्माणका लागि कुल २ सय २० वटा पाईल धाँसी ४ वटा ठुलो अग्लो पिलर ठढयाईने छ भने १० वटा सानो पिलर ठडयाई पुल बाँधिने कार्य गरिने छ । त्रिसुली आश्रय जे.भी कन्सट्रक्शन कम्पनीले २७ करोड रुपैयामा ठेक्का लिएको उक्त पुलको निर्माण कार्यमा ढिलाई हुनु लामो समय मधेश आन्दोलन, वर्षायाममा भिषण बाढी र भारतीय विवाद रहेकोे बताउदै अहिले एक बर्षदेखि नै फरार रहेको सुस्ता बचाउ अभियानका सदस्य रविन्द्र जयसवालले जानकारी दिए ।

नारायणी (गण्डक) नदीपारी भारतको विहार सिमासंग जोडिएको नेपालकै भुमि सुस्ता पुग्न नेपालको एक मात्र बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो । सुस्ता भुमी पुग्न नदीवारी पक्लिहवाँ गाँउ स्थित नदीको बन्धाबाट करिब ढाई (२.५) किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्न पर्दछ । उक्त यात्रा २ घण्टा भन्दा बढि लाग्ने गर्दछ । वर्षाको बेला उच्च बाढीका कारण सुस्ताबाट आवत जावत गर्नै सकिने अवस्था रहदैन ।

वर्षाैंदेखि सुस्तामा बसोबास गर्दै आएका सुस्ताबासीहरु कुनै प्रकारको सरकारी तथा गैरसरकारी कामकाज गराउन र बजार गर्न त्रिवेणी बजार आउन पर्दा जोखिमपुर्ण यात्रा डुङ्गा नै तारेर आउने गर्दछन् । डुङ्गाको सफर सुख्खा याममा दुरी कम र जोखिम पनि कम हुन्छ तर वर्षातको मौसममा नदीको भिषण बाढीले पुरै नदीमा पानी भर्दछ र यात्राको दुरी बढाउने देखि यात्रा उच्च जोखिममा पुग्ने गरेको छ । सुस्तामा हाल

करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता पन्चायत २०६२ साल देखिनै भारतीय पक्षद्धारा १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको छ र ७ हजार हेक्टेयर क्षेत्रफल भातरले जोतभोगबाट रोक समेत लगाएको छ । करिब ३ सय घरधुरी रहेको सुस्ता भुमिमा बाटोघाटो, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य भौतिक पुर्वाधार समेतको समस्या वर्षौदेखि नै यस्तै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here