दुई वर्ष भित्र वालमैत्री वडा घोषणा गर्ने सामुहिक प्रतिवद्वता

0
157

नवलपुर, ३ चैत्र । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउंपालिका वडा नम्बर २ लाई दुई वर्ष भित्र वालमैत्री वडा घोषणा गर्ने भएको छ । विनयी त्रिवेणी गाउंपालिका २ वडा कार्यालयद्वारा आयोजित बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि सरोकारवालाहरुको अभिमुमिखिकरण पश्चात सामुहिक प्रतिवद्वता जनाएका छन् ।

वडा भित्र रहेको विद्यालय व्यवश्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, फोकल पर्सन, स्वास्थ्यकर्मी, प्रहरी, बाल क्लबका प्रतिनीधि, विद्यार्थी, सरकारी, गैरसरी संघ–संस्था प्रतिनीधि, जनप्रतिनीधि सहित ६० जना सहभागीता रहेको अभिमुखिकरणको सहजिकरण वालमैत्री शासन अभियान्ता तथा वाल न्याय समिति नवलपु जिल्ला अदालतका सदस्य केबी रानाले गर्नुभएको थियो ।

सहजिकरण गर्दै अभियान्ता रानाले नवलपुरलाई नेपालकै पहिलो वालमैत्री जिल्ला घोषणा गर्ने अभियान रहेको बताउनुभयो । यो अभियान अनुसार जिल्लाको आठ वटै स्थानीय तहमा अभिमुखिकरण तथा प्रतिवद्वता सहित कार्य भईरहेको उहांले जानकारी दिनुभयो । सिंगो विनयी त्रिवेणी गाउंपालिकालाई नै वालमैत्री घोषणा गर्न ३ वटा वडा प्रतिवद्वता सहित कार्य भईरहेको जानकारी दिंदै अधिकारकर्मी रानाले बालमैत्री स्थानीय शासन अभियानमा सरोकारवालाहरुको उत्साहित रहेको बताउनुभयो ।

वालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यविधि २०६८ अनुसार २७ वटा सेवा मुलक सुचकहरु, १२ वटा संस्थागत विकास सम्बन्धी सुचकहरु र १६ वटा तहगत खुडकिलाहरु पुरा गरेपछि वालमैत्री स्थानीय शासन लागु हुने प्रावधान छ । विनयीत्रिवेणी–२ का वडाअध्यक्ष विष्णु ढकालले विनयी त्रिवेणीमा पानीको समस्याले गर्दा अन्य सुचकहरु पुरा भएपनि वालमैत्री वडा घोषणा गर्न समस्या रहेको धारणा राखनुभयो । १ वर्ष भित्र वडावासीलाई शुद्व पानीको व्यवश्था पश्चात २०७७ असार मसान्त भित्र वालमैत्री वडा घोषणा गर्ने गरि कार्ययोजना अगाडी सारेको अध्यक्ष ढकालको भनाई छ ।

यहां खानेपानी, वालविवाह, वालश्रम, खोला नदिजन्य उत्खनन कार्य र क्रसरमा वालवालिकाको अधिकतम प्रयोग, विचैमा कक्षा छोड्ने जस्ता समस्या यस क्षेत्रमा रहेको सरोकारवालाहरुको निश्कर्ष थियो । विनयी त्रिवेणी गाउंपालिकाका उपप्रमुख मिना राना मगरले बालमैत्री गाउंपालिका वनाउने अभियानलाई त्रिव्रता दिने, बालमैत्री वडा वनाउने योजना सहित आउने योजनामा गाउंपालिकाले वजेट थप गर्ने, वालबालिकाको स्थिति पत्र तयारी गर्ने, वडा स्तरमा अभिमुखिकरण लगायतका कार्य भईरहेको जानकारी दिनुभयो ।

यसैविच वडालाई बालमैत्री योजना तर्जुमा, कार्यान्वयन, अनुगमन लगायतका कार्य गर्न वडाअध्यक्ष विष्णु ढकालको संयोजकत्वमा १५ सदसीय बालमैत्री स्थानीय शासन प्रवद्वन समिति गठन गरेको छ । समितिको सदस्य सचिव वडासचिव विष्णु पुन, सदस्यहरुमा स्वास्थ्यचौकी प्रतिनीधि रुक्मागत वस्याल, विद्यालय प्रतिनीधि डिल बहादुर थापा, सानीमाया तामाङ्ग, कृष्णा बहादुर जिसी, संघ सस्था प्रतिनीधि शान्ती खडका, स्वास्थ्य स्वयमसेवीका डिलमाया पाण्डे, वडा सदस्यहरु दान बहादुर सोमै मगर, चित्र सिंग ढेंगा मगर, पुष्पा आले, नर माया विक, २ जना बालक्ल प्रतिनीधि, प्रहरी प्रतिनीधि गरि १६ जना सदस्यहरु चयन भएका छन् ।

विनयी त्रिवेणी गाउंपालिकाको वडा नम्बर १, ५ वडा यस अघि नै वालमैत्री वडा घोषणा गर्ने प्रतिवद्वता सहित वालमैत्री स्थानीय शासन प्रवद्र्वन समिति गठन गरि अभियानकै रुपमा कार्य सञ्चालन भईरहेको विनयी त्रिवेणीका शाखा अधिकृत कृष्ण प्रसाद अर्यालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here