सरावल, २ चैत। नवलपरासीको सरावल गाउँपालिकाकाे सार्वजनिक सुनवाइ कार्यक्रम अाज सम्पन्न भएको छ।
सरावल गाउँपालिकाकाे अायाेजनामा गाउँपालिका अन्तर्गतका वडाहरुबाट सम्पादक भएको सेवा प्रवाह र बिकास निर्माणका कार्य सन्दर्भमा सराेकारवालाहरुबाट गुनासाे र सुझाव संकलन हेतु गरिएको कार्यक्रम अाज सम्पन्न भएको हाे।
सरावल गाउँपालिकाकाे अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उतमा राय, प्रमुख प्रशासकीय अधिकृत झबेश्वर रेग्मी,सात वटा वडाका वडा अध्यक्षहरु , विभिन्न शाखाका प्रमुखहरु , वडा सदस्यहरु ,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,स्थानीय जन्ता ,प्रत्रकार लगाएतकाे सहभागीता रहेको थियाे।
उक्त सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना सरावल पालिका तथा सहजीकरण त्रिबेणि टेलिभिजनले गरेको थियो । उक्त कार्यक्रममा सरावल गाउँपालिका गाउँवासीहरुले विभिन्न विषयहरुमा जिज्ञासा राखेका थिए भने जिज्ञासाको निराकरण गाउँपालिका अध्यक्ष , उपाध्यक्ष ,कार्यकारी अधिकृत , वडाअध्यक्ष तथा सम्बन्धित शाखाका प्रमुखहरु गर्नु भएको थियो ।