गण्डकमा लगानी बालुवामा पानी

0
258

परासी, १ चैत्र । गण्डक नदीमा भैरहेको तटबन्ध कार्य गुणस्तरहिन भैरहेको स्थानियले आरोप लगाएका छन् । पश्चिीमी नवलपरासीको सुस्ता गाउँपालिका ४ नर्सही स्थित ठोकर नम्बर ६ र ७ मा भैरहेको तटबन्ध तथा ठोकर निर्माण कार्य गुणस्तरहिन भैरहको स्थानियले आरोप लगाएका हुन् ।

बिग्याप अन्तर्गत स्पर (ठोकर) ६ र ७ को बेसमा तटबन्ध र ठोकरको काम भैरहेको छ जसमा ठेकेदारले कमसल मेटिरियल प्रयोग त गरेकै छ यता सोही बाँध नजिकैबाट गिट्टी,बालुवा र ढुङ्गा भस्कट निकाल्ने कार्यले बाँध पनि भत्किने खतरा बढदै गएको स्थानिय श्यामबुचा मगरले जानकारी दिए । उनले भने, ”बाँधको तलैबाट बालुवा निकाली बोरामा भरेर बेस बनाई रहेका छन त्यसमाथि सिसी ब्लक ढलान गर्छन तर बाढीमा बालुवा बगेर जान्छ अनि ब्लकहरु ढल्दै ठोकरहरु भत्किन थाल्नछ‘‘ बर्षेनीको यहि रवैया छ भारतीय ठेकेदारको उनले आरोप लगाए ।
सो तटबन्ध र ठोकर निर्माणका लागि भारतीय महाकाल एसोसिएट्स गोरखपुर कम्पनीले करोडो रुपैयामा ठेक्का पाएको छ । ठेकेदारले स्टिमेट अनुसार तारजाली, सीमेन्ट र राव मेटिरियल प्रयोग गरेको छैन अर्काे तर्फ सोही नदीबाट गिट्टीबालुवा, ढुङ्गा निकाली गुणस्तरहिन कार्य गरिरहेको भु—आर्जन तथा सम्पर्क कार्यालय वाल्मीकीनगरका प्रमुख तारा सिंह थापाले जानकारी दिए । उनले भने, ठेकेदारले स्टिमेट माग्दा स्टिमेट दिन्न र कति रकमको ठेक्का हो त्यो पनि बताउदैन, साईटमा खटिने ईन्जिनियर र सम्बन्धित कार्यालयका कर्मचारीहरुलाई मिलाई बर्षेनी गुणस्तरहिन कार्य गरि भारत सरकारलाई ठग्ने गरेको थापाले आरोप लगाए ।

नेपाल–भारत सम्झौता अनुसार गण्डक नदीको पानी भारतले पनि प्रयोग गर्ने र सो क्षेत्रमा पर्ने बाँध, ठोकर र तटबन्धहरु निर्माण गर्ने सम्झौता अनुरुप भारत सरकारले बर्षेनी गण्डकमा कराडांै रुपैया लगानी गर्छ तर ठेकेदारहरु कर्मचारीको मिलोमतोमा गुणस्तरहिन काम गरि ठुलो बजेट पचाउने कार्यले गण्डकमा लगानी बालुवलामा पानी हाले जस्तै भएको स्थानिय बताउछन् ।

नेपाली पक्षलाई गण्डक नदीमा भैरहेको कामको स्टिमेट उपलब्ध गराउन र अनुगमन समेतको कार्यमा भारतीय ठेकेदारले खुट्टा बल्झाउने कार्य गर्ने गर्दछन् । यस्तै गुणस्तर हिन कार्यले बाँध झनै कमजोर हुदै गएछ जसबाट गण्डक क्षेत्रका साबिक पक्लिहवा, नर्सही, कुडिया, त्रिबेणि सुस्ता, गुठीप्रसौनी, सुर्यपुरा, बैदौली, सोमनी, प्रतापपुर, जमुनिया, खैरटहवा, भुजहवा, रामपुरखडौना गरि १३ वटा गाबिसहरु डुबानमा पर्ने खतरा देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here