परासी, ३० फागुन । नवलपरासीमा बमै–बम फेला परेपछि स्थानियहरु त्रसित बनेका छन् । ठाउँ–ठाउँमा धमाधम बम तथा विस्फोटक पदार्थ भेटिने थालेपछि स्थानियहरु त्रसित बनेका हुन् । साँझ ५ बजेसम्म पुर्वी तथा पश्चिमी नवलपरासी गरि ८ वटा बम तथा विस्फोटक पदार्थ भेटि सकिएको छ जस मध्ये एउटा आफै पडकेको थियो भने अरु ७ वटालाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।
विहान गंैडाकोट नगरपालिका ९ जयश्री खोला नजिकै फेला परेको शंकास्पद बस्तु बम नरहेको पुष्टि भएको थियो तर दिउंसो त्यसै जयश्री खोला नजिकैको प्लटिङ्गमा फेला परेको शंकास्पद बस्तु होममेड २ वटा सुतली र ३ वटा पेट्रोल बम रहेको पुष्टि भएको छ जसलाई डिस्पोज समेत गरि सकिएको प्रहरीले जनाएको छ ।
यता विहान ११ः३० बजे कावासोती ८ फलफुल चोक एवं जिल्ला प्रहरी कार्यालयबाट १ सय मिटर दुरीमा ठुलो आवाजले पडकेको बमले स्थानियमा निकै त्रास फैलिएको थियो । त्यसपछि देवचुली नगरपालिका ११ दलदलेमा पनि फेरि अर्काे ल्याप्टपको बेट्रिमा तारबार बाँधी विस्फोटक पदार्थ बनाई राखिएको अवस्थामा फेला प¥यो जसलाई पनि बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको प्रहरीले जनाएको छ ।
कावासोतीमा पडकेको बमले कुनै मानविय तथा भौतिक क्षति नभएपनि स्थानियहरु निकै त्रसित बनेका थिए ।
यसरी ठाउँकि ठाउँमा फेला परेको बमले सुरक्षाकर्मी तथा बम डिस्पोजल टोलीलाई धौँ–धौं समेत भएको थियो । नेकपा –विप्लव) को बन्दले पुर्वी नवलरासी ठप्पै थियो भने पश्चिम नवलपरासी पनि आंशिक रुपमा प्रभावित बनेको थियो । यता राती १ बजेको समयमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका १ मा राकिराखिएको दुई ट्रकमा अज्ञात समुहद्धारा आगजनी समेत भएको थियो । आगोले दुबै ट्रकको पछिल्लो दुई टायर मात्र जलेको र समयमै आगो निभाएर ट्रकलाई पुर्ण क्षति हुनबाट जागाइएको प्रहरीले जनाएको छ ।