अज्ञात सुमहद्धारा २ ट्रकमा आगजनी : बन्दले नवलपरासी पनि प्रभावित

0
350

परासी, ३० फागुन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिी नवलपरासीको सरावल गाउँपालिका १ तुल्सीपुर चोकमा रोकि राखिएको दुई ट्रकमा आगजनी भएको छ । राती १ बजेको सयममा ना ५ ख ७८४१ र ना ४ ख ६८२५ नम्बरको ट्रकमा अज्ञात समुले आगो लगाउँदा दुबै ट्रकको पछिल्लो दुई चक्का अर्ध जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकका पछिल्लो दुई टायर जल्दै एक ट्रकमा राखिएको त्रिपाल पनि जलेको छ । दुबै ट्रकमा लागेको आगो समयमै निभाएर ट्रकहरुलाई पुर्ण क्षतिहुन बाट जोगाइएको छ । ट्रकमा आगजनीको जिम्मा अहिलेसम्म कुनै समुहले नलिएकाले ट्रकमा आगो लगाउने समुह अज्ञात रहेको प्रहरीले जनाएको छ ।

आज देशभरि नेकपा (विप्लव) को बन्दले पुर्वी तथा पश्चिमी नवलपरासी पनि प्रभावित बनेको छ । विप्लवको बन्दले त्रसित रहेका व्यपारीहरु पसलहरु खोलेका छैनन् भने यातायात व्यवसायी र व्यक्तिहरु सवारी सधान समेत चलाएका छ्रैनन ।

बन्दका कारण उता गंैडाकोट, कावासोती, अरुणखोला, दुम्किीबास, बर्दघाट, सुनवल र यता परासी समेतको बजार ठप्प छ भने सवारी सानधहरु पनि चलेका छैनन्. जसकारण यात्रुलाई यात्रा गर्न कठिनाई भएको छ भने स्थानियहरु सर–समान किनमेल गर्न समस्या भएकोे बताउछन् । बन्दले हाईवे क्षेत्रका विद्यालय बंैक वित्त संस्था, बजारहरु पनि बन्द रहन संकेत देखिएको छ ।

यता गंैडाकोट नगरपालिमा रहेको जयश्री खोलामा राखिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । स्थानियहरुलाई त्रसित बनाउन अज्ञात समुहले बाल्टीमा जुटको बोराले बेरेर र तार राखेर बनाएको शंकास्पद बस्ुतलाई बम डिस्पोजल टोलीले बम नरहेको पुष्टि गर्दै सो शंकास्पद बस्तु त्यहाँबाट हटाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here