परासी, २९ फागुन । पश्चिमी नवलपरासीको सुस्ता गाउँपालिका २ कुडियाको एक उखु बारीमा आगलागी भएर २ कठा उखुखेती जलेर नष्ट भएको छ । उखु काटिसकिएको खेतमा झारपात फाल्न डढेलो लगाउँदा हवाले आगो फैलिदै नजिकको अर्काे उखुबारीमा आगो लागेर २ कठ्ठा उखु खेती जलेर नष्ट भएको हो ।
बुधबार दिउसो ३ बजेको समयमा खेतमा लागेको आगोलाई स्थानियले समयमै निभाएर करिब ३ विगाहा उखु खेती जल्नबाट जोगाए । सो २ कठ्ठा उखुखेतीमा करिब ५० क्वीन्टल उखु जलेको अनुमान गरिएको छ । जलेर नष्ट भएको उखु खेती स्थानिय श्रीप्रसाद खवासको रहेको बताइएको छ ।