परासी, २७ फागुन । पश्चिीमी नवलपरासीमा एक बालिका माथि यौन दुर्व्यहार गरेको आरोप प्रहरीले एकजना युवकलाई पक्राउ गरि अनुसन्धान थालेको छ । एक्सरे गर्ने क्रममा (परिवर्तित नाम) १५ बर्षिय बालिका म्यारी माथि यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका ९ करमैनी बस्ने २४ बर्षिय अम्वृष गुप्तालाई पक्राउ गरेको हो ।
जिल्लाको पाल्हीनन्द गाउँपालिका ४ स्थित पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रमा भारतको सिमावर्ति गाउँबाट उपचार गराउन आफनो बुवा संग आएको बालिका म्यारीलाई अस्पतालमा एक्सरे मेसिन नहुँदा चिकित्सकले बाहिर एक्सरे गराउन पठाएका थिए । लामो समयदेखि अस्पताल अगाडी एक्सरे मेसिन सहित औषधी पसल खोलेर बस्दै आएका आरोपित गुप्ताले उक्त बालिकालाई कपडा खोल्न लगाएर यौन दुव्र्यहार गरेको पिडित पक्षको आरोप छ ।
पिडित परिवारका अनुसार सोमबार दिउसा २ बजेको समयमा एक्सरे गराउन गुप्ताको मेडिकल हलमा पुथिएको थियौं । गुप्ताले एक्सरे गर्नको लागि म्यारीलाई कपडा खोल्न लगाएर एक्सरे नगरि यौन दुव्र्यहार गर्न थालेपछि म्यारी चिच्याउदै बाहिर रुदै आईन र आफनो अभिभावकलाई घटना सुनाईन् । यौन दुव्र्यहारका घटना सुनेर उनका बुवा अस्पतालका चिकित्सक र स्थानियहरु समेतलाई खबर गरेपछि आरोपित गुप्तामा जन आक्रोस बढेको थियो ।
स्थानियले गुप्तालाइ कुटपिट गरि कालोमोसो दल्ने र गाउँ घुमाउने भन्दै आक्रोस देखाई रहेका थिए कि प्रहरीले गुप्तालाई सुरक्षित गर्दै आफनो नियन्त्रणमा लिई स्थानियको कुटपिटबाट जोगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि स्थानिय आक्रोसित भई गुप्ताको एक्सरे मेसिन तोडफोड गर्दै मेडिकल हलको औषधीहरु फाल्ने र तोडफोड समेतको कार्य गर्दै तनाव समेत सिर्जना गरेका थिए । गुप्ताको मेडिकल हलमा तोडफोड गर्ने दुईजना स्थानिय युवालाई प्रहरी नियन्त्रणमा लिएको जनाएको छ ।
यस घटनाले आक्रोसित भएका स्थानियहरु दुई घण्टा तनाव सिर्जना गरेका दोषिलाई कार्वाहीको माग गर्दै नाराबाजी समेत गरेका थिए । यता घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरीले पिडित बालिका र गुप्ताको मेडिकल टेस्ट गराई अनुसन्धान गरिरहेको जनाएको छ ।