परासी, २७ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ठलाई देश चलाउने ढंग नरहेको बताएका छन् । पश्चिीमी नवलपरासीको प्रतापपुर गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता पौडेलले कम्युनिष्टलाई देश चलाउन र शासन गर्ने ढंग नरहेको जिकिर गरे । नेता पौडेलले भने, समृद्ध देश बनाउन र देशमा शुसासन तथा शान्ती ल्याउन कम्युनिष्ठका नेताहरुलाई ढंगै नरहेको अरोप लगाउदै देश अशान्ती तर्फ गई रहेको चिन्ता व्यक्त गरे ।
नेता पौडेलले, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देश टुक्रयाउँछु भन्दै आन्दोलन गर्दै हिडेको सिके राउतसँग सहमति गरेर विखण्डनकारीलाई मान्यता दिएको आरोप पनि लगाए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेको नेता पौडेलले भने, सरकारले राष्ट्रियताको कुरा गरेपनि त्यो बोलीमा मात्रै सीमित रहेकाले जनताको चाहना बिपरीत सरकारले राउतसँग सहमति गरेको पौडेलको भनाई थियो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ नवलपरासीको आयोजनामा भएको कार्यकर्ता भेला कार्यक्रममा प्रमुख अतिथि नेता पौडेल, विशिष्ट अतिथि एवं पुर्व सांसद देवकरण कलवार, पुर्व सांसद विक्रम खनाल, पुर्व सभाषद महेन्द्ध्वज जिसी, अतिथि नेका जिल्ला कार्यवाहक सभापति अर्जुनकुमार पोख्रेल, नेका जिल्ला प्रवक्ता कुलदिप आर्चाय, जिल्ला सदस्य विश्वप्रेम पाठक, क्षेत्र ४ को सभापति एवं रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ता, प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा, नेता उमेश यादव, राधेश्याम पाठक, महिला संघ अध्यक्ष कमला तिवारी, तरुण दल अध्यक्ष सुक बहादुर गुरुङ लगाएत नेपाली कांग्रेसका जिल्ला सदस्यहरु, नेपाली कांग्रेसबाट निर्वाचन पदाधिकारीहरुले बोलेका थिए भने कार्यक्रममा क्षेत्रिय सदस्य, गाउ नगर सदस्य लगाएतको उपस्थिती रहेको थियो सो कार्यक्रम नेपाली कांग्रेस क्षेत्रीय सभापति मुकुल आर्चायको अध्यक्षतामा सम्पन्न भएको थियो ।