गुण्डा र अपराधीलाई तह लगाएरै छाडने : प्रहरी महानिरिक्षक खनाल

0
276


परासी, २७ फागुन । नेपाल प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले गुण्डा र अपराधिहरुलाई तह लगाएरै छाडने योजना बनाएको बताएका छन् । पश्चिमी नवलपरासी स्थित रहेको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गहाको कार्यालय भवन उद्दघाटन गर्न पुगेको प्रहरी महानिरिक्षक खनालले भने, देशमा बढदै गरेको चोरी तस्करी नियन्त्रण गर्न र अपराधिक क्रियाक्लाप रोक्न एक ठोस रणनिति अपनाएर अगाडी बढि रहेको बताए । प्रहरी महानिरिक्षक खनालले अपराधि तथा तस्करलाई साथ दिने र गलत कार्य गर्ने प्रहरीलाई पनि कानुन बमोजिम कार्वाही गर्ने भन्दै देशमा शान्ती सुरक्षा चुस्त दुरुस्त बनाउन नेपाल प्रहरी लागि परेको कार्यक्रम सम्बोधनमा जानकारी दिए ।

प्रहरी महानिरिक्षक खनाल एक औपचारिक कार्यक्रम बिच नवलपरासीको सुनवल नगरपालिका ११ जर्गहामा रहेको प्रहरी युक्ति तालिम महाविद्यालयको नव निर्मित कार्यालय भवनको रिबन काटेर उद्दघाटन पनि गरेका छन् । प्रहरी तालिम महाविद्यालयले २ करोड ८४ लाख ४१ हजार ५४२ रुपैयामा निर्माण गरेको २४ कोठो तिनतल्ले कार्यालय भवनको प्रहरी महानिरिक्षक खनालले रिबन काटी शिलालेख पनि अनावरण गरेका हुन् । त्यस्तै उक्त महाविद्यालयमा ५ करोड, ४७ लख ४३ हजार ९४१ रुपैयामा निर्माण सम्पन्न भएको २३ कोठे तिनतल्ले ब्यारेक तथा मेस भवनको पनि उद्दघाटन गर्दै सुनवल नगरपालिकाद्धारा आर्थिक सहयोग प्रताप्त भई निर्माण भएको शर्पदंश उपचार केन्द्रको पनि रिबन काटेर उद्दघाटन गरेका हनु ।

महाविद्यालयका प्राचार्य तथा प्रमुख नल प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यलय भवन उद्दघाटन तथा पुरस्कार एवं सम्मान वितरण कार्यक्रममा विभिन्न पदका प्रहरीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको छ । कार्यक्रममा उक्त विद्यालयबाट तालिम प्राप्त कमाण्डोहरुले आतन्कवादी तथा अपराधिहरुलाई नियन्त्रणमा लिन र पिडितहरुलाई रेस्क्यु गर्दै शान्ति सुरक्षा प्रदान गर्ने शैली समेत प्रदर्शन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरिक्षक खनालले देशमा गुण्डागर्दी समाप्त पार्ने र अपराधीहरुलाई कानुनी दायरामा ल्याउन विभिन्न रणनिति अपनाएर काम गरिरहेको जानकारी दिए । कार्यक्रममा विशिष्ट अतिथि अतिरिक्त प्रहरी महानिरिक्षक धिरु बस्नेत, सुनवल गरपालिका प्रमुख भिम बहादुरा थापा क्षेत्री, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, लगातयले मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here