परासी, २६ फागुन । पश्चिमी नवलपरासीको सुनवल नगरपालिकामा भएको दोश्रो मेयर कप अन्तर्गत वार्ड स्तरिय फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले जितेको छ । नगरपालिकाको आयोजनामा फागुन २१ गतेदेखि संचालित उक्त प्रतियोगिताको फाईनलमा पुगेको नगरको वडा नम्बर ८ ले १ को विरुद्ध २ गोलले वडा नम्बर ५ लाई पराजित गरेको हो ।
प्रथम पुरस्कार एक लाख रुपैयाका लागि भिडेको वडा ८ र ५ ले ९० मिनेटको खेलमा वडा नं. ८ ले २ गोल हान्दै बिजयी भएको हो । प्रतियोगितामा १३ वडाका एक÷एक टिम सहभागि भएको थियो । प्रथम भएको वडा ८ का टिमलाई एक लाख नगद पुरस्कार सहित खेलाडीहरुलाई मेडल र प्रमाण पत्र वितरण गरिएको छ भने दित्तिय स्थान हासिल गरेको वडा ५ लाई ६० हजार नगद सहित प्रत्येक खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरिएको छ ।
त्यस्तै प्रतियोगितामा तित्तिय स्थान हासिल गरेका र सेमी फाईनलमा पुगेका वडा ३ र ४ लाई पनि १५÷१५ हजारका दरले पुरस्कार वितरण गरिदै खेलाडीहरुलाई मेडल र प्रमाण पत्र वितरण गरिएको नगरपालिका प्रमुख भिम बहादुर थापा क्षेत्रीले जानकारी दिए । खेलका उत्कृष्ठ खेलाडि वडा नं ८ का सन्दिप राना मगर र उत्कृष्ट गोलकिपर वडा नं ८ का बिनोद गुरुङ्गलाई ४÷४ हजारले प्रोत्साहित गरिएको छ भने म्यानअप द सिरिज वडा नं ५ का सागर गुरुङ्गले प्राप्त गरेका छन् । स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ खेलको माध्यमले पनि सुनवल नगरपालिकालाई देश विदेशमा चिनाउन यसको खेलको आयोजना गरिएको प्रमुख थापाले बताए ।
खेल जगतमा युवाहरुको प्रतिभालाई पहिचान गरि राम्रो ट्रेनिङ्ग र कोचिङ्ग मार्फत उत्कृष्ट खेलाडीको रुपमा जन्माउन यि वडा तथा नगर स्तरिय खेलहरुको एक माध्यम रहेको पुरस्कार वितरण तथा खेल समापन कार्यक्रमका प्रमुख अतिथि एवं सांसद पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले जानकारी दिए । खेल प्रति निकै रुची राख्दै स्थानियहरु खेलको भरपुर आनन्द लिन सक्रिय सहभागिता रहेको थियो ।
नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं सांसद कंडेल अतिथि एवं जिल्ला समन्वय समितिका सभापति शिवशंकर राय, नगर उपप्रमुख दधिराम अर्याल, सुनवल नगरपालिकाका सवै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिभिन्न संघ सस्थाका प्रमुखहरुको सहभागिता रहेको खेल व्यवस्थापक संस्था, जेनिथ युथ क्लबका अध्यक्ष बल बहादुर थापाले जानकारी दिए ।