परासी ,२६ फाल्गुन । नवलपरासीको सरावल गाउँपालिका १ मा अवस्थिति वसन्त मा.बि बसहिमा अाइतबार महिनवारी सरसफाइ सम्बन्धि अभिमुखिकरण तथा सेनेटरी प्याड बितरण कार्यक्रम सम्पन्न भएको छ।
सरावल गाउँपालिकाकाे सहयोगमा तथा गाउँपालिका स्तरीय अन्तर पार्टी महिला सन्जालकाे अायाेजनामा उक्त कार्यक्रम सम्पन्न भएको हाे। सन्जालकि अध्यक्ष मिना चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवम् गाउँपालिका उपप्रमुख उतमा रायकाे बिशिस्ट अातिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रमलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका प्रमुख चाैधरीले बिधालयका छात्राहरुलाई मिन्स / महिन्वारी अाएपछी छात्राहरुलाई बिधालय छोडेर जानु पर्दैन अब सेनेटरी प्याड तपाईंहरुको साथमा छ। महिनवारी अाउदा सरसफाईमा ध्यान नदिए बिभिन किसिमका रोग लाग्न सक्छ। सरसफाइ नभए पाठेघरमा केन्सर रोग सम्म हुन सक्छ।
मिन्स /महिनवारी अाए छात्राहरुले बिधालयमा पठन पाठन छोडेर घर जानू पर्दैन अाफनै बिधालयमा सेनेटरी प्याड प्रगोग गर्न अाग्रह समेत गर्नु भएको छ। सरसफाइमा ध्यान दिनु पर्छ र अाफ्ना बिधालयका छात्राहरु र घरपरिवारलाई सुरक्षित राख्नको लागी सेनेटरी प्याड प्रगोग गर्न बताए । त्यस्तै गाउँपालिका उपप्रमुख रायले महिनवारी अथवा रजस्वला अथवा अङ्रेजिमा mensuration/means भनेको एउटा महिलाहरुमा हुने एउटा प्राकृतिक प्रकृया हो जुन महिलाको पठेघरमा भएको अन्डकोश फुटेर हुने गर्दछ ।
महिनावारी भएको बेलामा महिलाको शरिरबाट आशुद्ध रगत बहिर निस्किने हुनाले बिषेश सरसफाईमा ध्यान दिनुपर्दछ । दिनहु नुहाउने र आफ्नो प्र्जनन आङहरु राम्रो सफा गर्ने गर्नुपर्दछ । धेरै लामो समयसम्म (४ घण्टा भन्दा धेरै) एउटाै कपडा (प्याड) प्र्योग गर्नु हुँदैन । त्यसो गर्दा उल्टै ब्याक्टेरियाको संक्रमण हुने खत्रा हुन्छ । सके सम्म सुतीको कपडाहरु प्रयोग गर्ने र प्रयोग गरीसके पछी धोएर घाममा रम्ररी सुकाउने गर्नुपर्दछ । यसो गर्दा घामको किरणले कपडामा भएका किटाणुहरु नस्ठ हुन्छ।
बिधालयमा पढने छात्राहरुलाई मिन्स/महिनवारी अाएमा बिधालय र पठन पाठन छोडन नपरोस भन्दै बिधालयमा सेनेटरी प्याड बितरण गरिएको छ। अब बिधालयहरुमा सेनेटरी प्याडको कमी नहुन दिन खरिद गरि सेनेटरी प्याड बितरण गरने प्रतिबध्ता ब्यक्त गरेकि छिन। कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झबिश्वर रेग्मी ,रेश्मि बि.क ,अनिता कहार ,बासमति हरिजन,साेना थारु तथा बसन्त मा.बि बसहिमाका कक्षा ६ देखि कक्षा ९ सम्मका १२५ जना छात्राहरुकाे सहभागीता रहेको थियाे। कार्यक्रमकाे सहजिकरण सरावल गा.पा स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकाेटा र बाबुराम तिमिलसेनाले गर्नुभएको थियाे।