चितवन, २५ फागुन । चितवनमा जन्ती बोकेको बस दुर्घटना भएको छ । पूर्वी चितवनको टाँडीबाट दुलही लिएर फर्किदै गरेको बस माडी–ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्ज भित्र दुर्घटना भएको हो । ना ७ ख २२८ नम्बरको बस अपरान्ह आफै अनियन्त्रि भई दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । उनीहरु मध्ये तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारका लागि भरतपुर ल्याईदैछ ।