हेल्पिङ्ग ह्यान्डस् परासीद्वारा ११ जनालाई सम्मान

0
276

परासी ,२३ फाल्गुन ।नवलपरासीको परासीमा अाज हेल्पिङ्ग ह्यान्डस् परासीद्वारा ११ जनालाई सम्मान गरिएको छ। हेल्पिङ्ग ह्यान्डस् परासीका सदस्य द्वारा स्थापित प्रकास सन्जय अक्षयकाेष मार्फत पुर्ब शिक्षक, समाजसेवी ,पत्रकारलाई सम्मान गरिएको हाे।

संस्थाका अध्यक्ष प्रकाशचन्द्र श्रेष्ठकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ताकाे प्रमुख अातिथ्यतामा पुर्ब शिक्षक तथा समाजसेवी अयाेध्या प्रसाद चाैधरी,श्रवण कुश्वाहा, रमेशचन्द्र उपाध्याय, प्रितम सिंह ,सम्भु उपाध्याय,शिवनाथ प्रसाद गाैड, प्रेमलाल बिश्वकर्मा,गंगा पासि,रामनाथ थारु,देव बहादुर थारु र पत्रकार हरि शर्मालाई दसल्ला अाेढाइ सम्मान पत्र सहित सम्मान गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै रामग्राम नगरपालिकाका मेयर गुप्ताले पुर्ब शिक्षक, समाजसेवी ,पत्रकार समाजको अग्रपंक्ती भएकाले वहाँहरुलाई हेल्पिङ्ग ह्यान्डस् परासीले सम्मान गरेको कार्य प्रती प्रसांसा गर्दै समाजका अग्र पन्तिमा रहेका ब्यक्तिहरुलाई हामी सबैले हातेमालाे गर्दै समय समयमा सम्मान गर्न जरुरी रहेको बताउदै समाज कल्याणका लागि हामी सबै लाग्नुपर्छ भन्ने कुरामा जाेड दिनुभएको थियाे। साथै याे संस्थालाई चाहिने अावश्यक सहयोग र साथकाे लागि आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमकाे बारेमा संयाेजक सन्जय शर्माले प्रकास पार्नुभएको थियाे ।भने कार्यक्रममा पाल्हि बहुमुखी क्याम्पस अध्यक्ष राधेश्याम पाठक,नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय,नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्ष हरि शर्मा,नारेपका अध्यक्ष सुरेन्द्र खरबार,श्रावण कुश्वाहा , बसन्त पराजुली लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here