वडा अध्यक्ष महेन्द्र ठाकुरको नगरमा प्रशंसै प्रशंसा

0
227


परासी, २२ फागुन । पश्चिीमी नवलपरासीको रामग्राम नगरपालिकामा वडा ८ का अध्यक्ष महेन्द्र ठाकुर यतिबेला चर्चामा छन् । उनी जनप्रतिनिधि चुनिएदेखि आफो वडा क्षेत्रमा गर्दै आएको सामाजिक कार्यले उनी अहिले नगरमा चर्चामा छन् ।

वडा अध्यक्ष ठाकुर आफनो वडा क्षेत्रमा, गरिब तथा विपन्न घरपरिवारमा कोई व्यक्तिको मृत्यु भएमा किरिया खर्चका लागि ५ हजार रुपैया बराबरका खाद्यान्न सहयोग गर्दै आएका छन् भने गरिब तथा विपन्न घरपरिका कोई विरामी परेमा पनि उनी २ हजार रुपैया सम्म उपचार खर्च पनि दिने गरेका छन् । त्यस्तै गरिब दुखियाको छोरीको विवाहमा पनि आर्थिक सहयोग नियमित रुपले गदै आएका छन् ।

देशभरि जनप्रतिनिधिहरुले आफुँ पाईरहेको सेवा–सुविधा उपभोगमा व्यस्त देखिएपनि यता केहि जनप्रतिनिधिहरुले पाएको ति सुविधा रकमबाट समाजमा सामाजिक कार्य गरि प्रशंसा कमाउदै आएका छन् । नगरमा वडा अध्यक्ष ठाकुरले पाईरहेको मासिक सुविधा बापतको तलबभत्ता, बैठक भत्ता रकमले समाजमा यस्तो उदहारणिय कार्य गर्दै आएकाले स्थानियहरु उनको निकै प्रशंसा गरिरहेका छन् । त्यस्तै सुनवल नगरपालिकामा पनि नगर प्रमुख भिम बहादुर थापाक्षेत्री पनि आफु पाएको बैठक भत्ता र सुविधा भत्ताले समाजमा उदहारणिय कार्य गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here