महेसपुर भन्सारले तीन महिनामा करिब ५ करोड राजस्व उठायो

0
274


परासी, २२ फागुन । महेसपुर मुल भन्सार कार्यालय पश्चिमी नवलपरासीले मन्सिर १८ गतेदेखि फागुन १८ गतेसम्ममा करिब ५ करोड रुपैया राजस्व संकलन गरेको छ । आर्थिक वर्ष श्रावण महिनादेखि मुल भन्सारको रुपमा कार्यान्वयमा आएको भन्सारले मंसिर १८ देखि फागुन १८ सम्ममा कुल ४ करोड, ८९ लाख ७१ हजार ८२ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ ।

महेसपुर भन्सार मुल भन्सार हुनभन्दा पुर्व यस नाकाबाट निकासी पैठारी हुने खुद्रा सर–समानको भन्सार काटदै आएको थियो तर मुल भएपछि यसनाकाबाट ट्रक–टेलर समेतको मालसमानको निकासी पैठारी हुने गरेकाले भन्सार राजस्वको अनुपात बढेको छ ।

भन्सार मुल भन्सार भईसकेपछि अझै यसको विस्तारका लागि आवश्यक भौतिक पुर्वाधारहरु बन्न सकेका छैनन् । यस नाकाबाट कपडा, खाद्यान्न, कोईला, फलफुल, कागज, जिरा, भाँडाकुडा, हार्डवयेर तथा कास्मेटिक लगायतका सर–समानहरुको निकासी पैठारी हुने गरेको भन्सारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here