प्याब्सन रामग्राम नगर समितिद्धारा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता

0
295

परासी, २१ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याव्सन) नेपाल रामग्राम नगर समितिको आयोजनामा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि अहोरात खटिरहेको प्याब्सन रामग्राम नगर सभापति अविनाश रेग्मीको विशेष पहलमा आयोजनामा परासीमा भएको प्रतियोगितामा मायादेवी ईङ्लिस स्कुल उजैनी प्रथम, रामग्राम सगरमाथा ऐकेडेमी पोखरापाली र लिटिल एञ्जेल्स् मावि परासी द्धितिय तथा न्यू फलावर गार्डेन स्कुल बन्जरिया तृतिय भएको छ भने ज्ञानज्योति स्कुल हकुईले सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगितामा रामग्राम नगर भित्रका १८ वटा निजी विद्यालयको सहभागिता रहेको थियो । प्याव्सन रामग्राम नगर सभापति अविनाश रेग्मीको अध्यक्षता तथा नगर शिक्षा अधिकारी तोयनाथ लम्सालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्याव्सनका पूर्व केन्द्रीय उपाध्यक्ष सुमन गोपाल आचार्य, नवलपरासी प्याव्सनका कार्यबाहक अध्यक्ष राधेरमण पाण्डे, प्याव्सन सरावलका अध्यक्ष सुखाडी चौधरी, प्याव्सन पाल्हीनन्दनका अध्यक्ष युक्तिनारायण चौधरी,प्याव्सन प्रतापपुरका अध्यक्ष भगवन्त धवल लगायतले शुभकामना व्यक्त गर्नुभएको प्याव्सन नगर सभापति रेग्मीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here