विद्यालयमा शिक्षकले खुखुरी निकाल्दा विद्यार्थी त्रसित : खुखुरी देखाउने शिक्षक र उनकाे श्रीमति, छोरी प्रहरीको नियन्त्रणमा

0
436


परासी, २१ फागुन । शिक्षकले विद्यालयमा खुखुरी लिएर पुगेपछि विद्यार्थीहरु त्रसित बनेका छन् । यो घटना पश्चिमी नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ श्रीहरपुर माध्यमिक विद्यालयको हो । विद्यालयका शिक्षक जित बहादुरा चौधरी उक्त विद्यालयका प्रधानाध्याकप थिए । चौतर्फि दबाब र विभिन्न कारणले उनी राजिनामा दिई हाल शिक्षकको रुपमा पठन पाठन गराउदै आएका छन् ।

मंगलबार विहान प्राथना सकेर विद्यार्थीहरु कक्षा कोठामा बसीरहेका थिए कि विद्यालयका शिक्षक जित बहादुर चौधरी एक शिक्षिका माथि दन्किैदै विद्यालय पुगे । उनका साथ उनको श्रीमति र छोरीपनि विद्यालय पुगेर खोई सेवरी हरिजन ? डराईन् क्या भन्दै चिच्याईरहेका थिए । चिच्याई रहेका बेला उनको अगाडी सो विद्यालयकि शिक्षिका सेवरी हरिजन, उर्मिला सहानी र श्यामलाल गुप्ता परे ।

शिक्षक चौधरी संगै विद्यालय पुगेकि उनको श्रीमति र उनकी छोरीले ति शिक्षक शिक्षिकाहरुलाई चप्प्ल देखाउदै दुव्र्यहार समेत गरे । कक्षा कोठामा चप्पल देखाउदै गालीग्लौज गरिरहेका बेला विद्यार्थीहरुले विरोध गर्ने क्रममा चौधरीको श्रीमतिले बोकेको झोलाबाट खुखुरी निकाली विद्यार्थीहरुलाई त्रसाउने समेतको कार्य गरिन् । खुखुरी देखर त्रसित विद्यार्थीहरु चिच्याउदै खुखुरी छोडने क्रममा कक्षा १० कि विद्यार्थी साफियाको अलिकति हात पनि काटियो ।

कक्षाकोठामा ववाल भैरहदा विद्यालयका निमित्त प्र.अ. दिनेश कुमार गुप्ताले प्रहरीलाई खबर गरेका थिए । विद्यालय आएका प्रहरीले दुईवटा खुखुरी सहित शिक्षक चौधरी, उनको श्रीमति र छोरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शिक्षक चौधरीलाई प्र.अ बाट हटाइएको र शिक्षिका सेवरी हरिजन संग झैझगडा परेको निहुँमा यो विवाद उत्पन्न भएको अनुमान गरेको छ ।

चौधरी संग झोलामा बरामद खुखुरी भारतीय बजार ठुठीबारीमा धार लगाउनका लागि लगिरहेको चौधरीको प्रारम्भीक ब्यानबाट खुलेको प्रहरीले जनाएको छ । यद्यपी यस घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

विद्यालयमा करार शिक्षकको रुपमा पुष २२ गते हाजिर भएका सेवरी हरिजन र दशरथ गुप्ताको नियुक्ती समर्थन गराउ आलटाल गर्दै आएको तत्कालिन प्र.अ चौधरी चौतर्फि दबाबका कारण फागुन १ गते डिमोशन राजिनामा दिएका थिए ।

उनको राजिनामालाई विद्यालय व्यवस्थापन समितिले स्वीकृति गरि सबैको सल्लाह बमोजिम सोही विद्यालयमा करार शिक्षकको रुपमा रहेको दिनेश कुमार गुप्तालाई निमित्त प्र.अको जिम्मेवारी दिइएको गुप्ताले बताए । चौधरी प्र.अ.बाट हटेको दुख र केहि दिन अगाडी नियुक्ति समर्थनको विषयमा शिक्षिक सेवरी हरिजन संग भएको झक्काझक्की कारणले यो विवाद निम्त्याएको नि.प्रअ गुप्ताले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here