भुजहवाँ छोटी भन्सारको सुविधाठेली, छाप खोसिएपछि स्थानियहरु आन्दोलित : स्थानियद्धारा महेसपुर त्रिवेणी सडक अवरोध

0
277


परासी, २१ फागनु । छोटी भन्सार कार्यालयबाट भारतीय सवारी साधनको सुविधा काटन मुल भन्सारले रोक लगाएपछि स्थानियहरु आन्दोलनमा उत्रेका छन् । पश्चिमी नवलपरासीको महेसपुर मुल भन्सारले भुजहँवा र विष्णुपुरा छोटी भन्सारबाट भारतीय साना–सवारी साधनको सुविधा काटन रोकेपछि भुजहवाँका स्थानियहरु आन्दोलनमा उत्रि चक्का जाम गरेका छन् ।

आज विहान ९ बजेदेखि महेसपुर–त्रिवेणी सडक खण्डको भुजहवाँ चोकमा टेन्ट लगाएर विरोध प्रदर्शन गर्दै उखु लोडेड टक्याकर ट्राली र ढुङ्गाहरु बाटो बिच्छ्याई बाटो अवरोध पारेका छन् । स्थानियले सो बाटो अवरोध गरेपछि यात्रु र सवारी साधन आवत जावत ठप्प भएको छ । भुजहवाँ सरावल गाउँपालिका वडा ७ मा पर्दछ ।

यहि फागुन १४ गते महेसपुर भन्सार कार्यालयले उक्त भुजहवाँ र विष्णुपुरा छोटी भन्सारको सुविधा काटने ठेली र छाप लगिदिएपछि सो नाकाबाट भारतीय मोटरसाईकल र चारपांग्रे गाडीको सुविधा दिने कार्य अवरुद्ध भएको थियो । सिमा क्षेत्रका अधिकांश व्यक्तिहरुले भारतीय मोटरसाईकल प्रयोग गरिरहेकाले सुविधा लिई जिल्लाको सदरमुकाम परासी बजार आउने जाने गर्दथ्ये तर सो नाकाबाट सुविधा काटने कार्य बन्द भएपछि आफुलाई समस्या भएको स्थानिय अखिलेश कुमार किश्रले गुनासो गरे ।

यता महेसपुर भन्सारले ति नाकाहरुबाट सुविधाको आडमा विभिन्न सर–समानको चोरी तस्करी हुने गरेकाले केन्द्रिय निर्देशन अनुसार दुई साताका लागि सुविधा रोकिएको भन्सारले जनाएको छ । सुविधा चाहिएका व्यक्तिले महेसपुर भन्सारबाटै सुविधा लिई यात्रा गरुन भनि भन्सारले आग्रह पनि गरेको छ ।

जिल्लामा महेसपुर भन्सार कार्यालय अन्तर्गत भुजहवाँ, गुठीपर्साैनी, त्रिवेणी र विष्णुपुरा गरि ४ वटा छोटी भन्सारहरु संचालनमा छन् । महेसपुर मुल भन्सार हुनु भन्दा पुर्व महेसपुर भन्सार समेत यि छोटी भन्सारहरु भैरहवाँ भन्सारको मातहतमा संचालनमा थिए । महेसपुर भन्सार बाहेक अरु छोटी भन्सारहरुले सर–समानको भन्सार काटने अधिकार नपाएपनि भारतीय सवारीको सुविधा काटदै आएका थिए ।

यहि चालु आर्थिक वर्षको श्रावण महिनादेखि महेसपुर भन्सार मुल भन्सारको रुपमा कार्यान्वयनमा आएपछि ति छोटी भन्सारहरु यसको अधिनमा आएका हुन् । मोटरसाईकलको सुविधा लिने र घरायसी प्रयोजन भन्दै विभिन्न सर–सामाग्रीको चोरी तस्करी गर्दै आएका जनगुनासो बढदै गएकाले सुविधा केहि दिनको लागि बन्द गरिएको भन्सारको तर्क छ ।

मधेश सांस्कृति नेपाल–भारत संग जोडिएकोले नेपाल–भारतमा रोटी बेटीको सम्बन्ध संगै सिमावर्ति क्षेत्रको मुख्य बजार भारतीय सिमावर्ति बजार समेत रहेको छ । उक्त ति साना–नाकाहरुबाट सुविधा पाएर नेपालका बजारहरुमा पुग्न सहज भैरहेको बेला एक सातादेखि महेसपुर भन्सारले सुविधा काट्न रोक लगाएपछि स्थानियहरुलाई समस्या भएकाले आन्दोलनमा उत्रिएको सरावल गाउँपालिका ७ का वडा अध्यक्ष ह्यात खान धुनियाले बताए । उनले भने, यि छोटी भन्सारहरुले सुविधा मात्र होइन कम्तिमा २० लाख रुपैया सम्मको भन्सार पनि काटने अधिकार दिनु पर्ने हाम्रो माग रहेको बताए ।

एक त यस नाकाबाट सुविधा काटने अधिकार पनि खोसियो अर्काे तर्फ उखु मिलहरुले मिल आसपासका उखुहरु मात्र खरिद गरि क्रसिङ्ग गरिरहेको र मध्य क्षेत्रका उखुहरु तौल गरि ढुवाई गरि पुर्जी समेत नदिएकोले आन्दोलनमा उत्रिएको प्रतापपुर गाउँपालिका ४ निवासी संजयमणि त्रिपाठीले जानकारी दिए ।

पछिल्लो समयदेखि जिल्लामा चोरी तस्करी बढेको पाइएको छ । चोरी तस्करीको व्यापक जनगुनासो बढेपछि महेसपुर भन्सारले चोरी तस्करी नियन्त्रण गर्न राती रातीको समयमा पनि गस्ती गर्दै आएको छ । यता आन्दोलनरत स्थानियले माग पुरा नहुँदासम्म बाटो अवरुद्ध पारी रहने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here