त्रिवेणी नदीमा प्राविधिक टोलीद्धारा पानी जहाज संचालनको सम्भाव्यता अध्ययन

0
428

बर्दघाट, २० फागुन । नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानी जाहाज सञ्चालन गर्ने सम्भावनाको विषयमा नेपाल र भारतका प्रतिनिधि टोलीले नवलपरासीको त्रिवेणी नदिमा पानी जाहाज सञ्चालनको संभाब्यता अध्ययन गरेको छ ।

नवलपरासीको त्रिवेणीमा नेपालको तर्फबाट जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्वासे र भारतका तर्फबाट जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डकोे नेतृत्व मा टोली त्रिवेणी आएको थियो । सो अवसरमा नेपाल भारतका स्थानिय तथा राष्ट्रिय मिडियाका पत्रकाारहरुको समेत हभाागिता रहेको थियो ।

नेपाल सरकारले नेपालका नदीसम्म पानीजहाज चलाउने विषयमा आवश्यक छलफल अघि ढाईरहेका वेला टोली नवलपरासी आईपुगेको हो । जहाज सञ्चालनका विषयमा संभाव्यता अध्ययन गर्नका लागि बेल्वासैकै अध्यक्षतामा सरकारले जल यातायात सम्भाबना अध्ययन समिति बनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला हिन्द महासागरबाट नेपालमा पानी जहाज सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच सम्झौता समेत भएको थियो । नेपालले इन्ल्यान्ड वाटरवे सञ्चालन गर्न र भारतीय पक्षले सीमासम्म जहाज ल्याउने विषयमा सहमति भएको थियो । सोही सहमति अनुसार वेल्वासेको उक्त समितिले भारतको कालुघाट र हल्दियामा आइपुगेको पानी जहाजलाई नेपाली भूमिमा कत्रो, कसरी र कुन रूपमा ल्याउन सकिन्छ भनेर अध्ययन गर्ने जिम्मेवारी पाएसंगै टोली फिल्डमा खटिएको छ ।

नेपालको गण्डकी नदी गएर मिसिने गंगाको कालुघाटमा भारतले नै पानीजहाजको निम्ति आवश्यक संरचना बनाइरहेको छ । यो स्थानसम्म भारतले दुई हजार टनसम्मका जहाज ल्याउने र सोही स्थानबाट नेपालले ४र५ सय टनसम्मको पानी जहाज छिराउन सक्ने ऊर्जा आयोगको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here