मालबाहक गाडीको चाप बढयो तर दशगजामा बाटो बनेन

0
323


महेसपुर, २० फागुन । दशगजामा पानीको जमावले सवारी साधन आवत जावतमा समस्या बढेको छ । नेपाल–भारतको सिमावर्ति बजार महेसपुर–ठुठीबारी दशगजामा बर्षा तथा बजारको फोहोरो पानी मर्ने कारणले बाटो हिलाम्मे बनेको छ ।

नेपाल भारत आवतजावत गर्न दशगजामा दुबै तर्फको प्रशासनबाट उचित बाटोको व्यवस्थापन नहुँदा यात्री तथा ठुला–साना सवारी साधनहरुलाई आवत जावत गर्न समस्या भैरहेको गुनासो गरेका छन् । दशगजा दुई देशको सम्पत्ति भएकाले हामी स्थानियले बाटोको लागि केहि गर्न नपाउने भनि स्थानियले प्रतिक्रिया दिए । दशगजामा स्थानिय व्यपारीले फोहोर फाल्ने र बजार समेतको पानी मिसाउने कार्यले दशगजा दुर्गन्धित तथा हिलाम्मे बनेको छ ।

सुख्खायाममा यात्रीलाई यात्रा गर्न केहि सहज भएपनि बर्षायाममा निकै कठिनाई हुने गर्दछ । यता चालु आर्थिक बर्षको श्रावण महिनादेखि महेसपुर नाका मुल नाकाको रुपमा संचालनमा आएदेखि यस नाकाबाट ठुला हेभि मालबाहक सवारी साधनहरुको पनि चाप बढन थालेको छ जसकारण ले उक्त दशगजाको बाटो तल धँसिदै हिलाम्मे भएको स्थानियले गुनासो गरे । दशगजा दुबै तर्फको बजार र बाटोबाट अलिकति तल भएकाले बजारको पानी सरलक्कै दशगजामा पुग्ने गर्दछ जसकारण झनै बाटो विर्गिदै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here