रामग्राम नगरपालिका वडा ८ मा सडक आरसीसी ढलान सम्पन्न

0
550

परासी, २० फागुन । रामग्राम नगरपालिका वडा ८ मा सडक आरसीसी ढलान कार्य सम्पन्न भएको छ । नगरपालिका ८ लोहसडा र उनवचमा सडकको आरसीसी ढलान कार्य सम्पन्न भएको छ । वडा स्तरीय बजेट रहेको लोहसडामा १२० मिटर लम्बाई र १२ फिट चौडाईको बाटो कुल ८ लाख रुपैयाबाट स्थानिय उपभोक्ता मार्फत आरसीसी ढलान कार्य सम्पन्न भएको वडा अध्यक्ष महेन्द्र ठाकुरले जानकारी दिए ।

त्यस्तै उनवच गाउँमा पनि १५५ मिटर लम्बाई र १९ मिटर चौडाईको बाटो दुबैसाईड नाला सहित आरसीसी ढलान कार्य सम्पन्न गरिएको छ । स्थानिय उनवच बाटो ढलान उपभोक्ता समितिले २४ लाख रुपैया बजेटमा सो आरसीसी ढलान कार्य सम्पन्न गरेको अध्यक्ष ठाकुरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here