आज महाशिवरात्रि : भगवान् शिवको पूजा आराधना गरी पर्व मनाइँदै

0
289

परासी, २० फागुन । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न शिव मन्दिरलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । शिवरात्रीको दिन मन्दिरमा विहानै देखि दशनार्थिको घुइचो रहने हुदा सोहि अनु्सारको तयारी शिव मन्दिरहरुमा गरिएको छ । नवलपुरमा रहेका शिव मन्दिरमा तयारी पुरा भएको जननाइएको छ ।  यस्तै शिवरात्रिको लागि जिल्लामा सुरक्षा व्यवस्था पनि मजबुत बनाएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । शिवरात्रिको समयमा विभिन्न नसालु प्रदार्थ सेवन गरी होल्ला गर्ने माथि प्रहरीरे निग्रानि समेत राख्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here