सरावल गाँउपालिकालाई बालमैती बनाउन अभीयान थाल्ने

0
426

परासी, १९ फागुन । नवलपरासीको सरावल गाऊपालिका वडा नं.४ मा बालमैत्री गाउपालिका घोषणा गर्नको लागी सुचाङ्क सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम आज सम्पन्न भएको छ ।

सरावल गाउपालिकाको आयोजना तथा भोजपुरी पत्रकार हकहित संरक्षण संथा नवलपरासीको सहजीकरणमा उक्त कार्यक्रम गरिएको हो
गाऊपालिकालाई दुई बर्ष भित्र बालमैत्री गाऊपालिका बनाऊनको लागी सम्पुर्ण राजनितिक दल.कर्मचारी,जनप्रतिनिधी,अविभावक, नागरिक समाज लगायत सबै सरोकारवालाहरुले बालअधिकार सुनिष्चित गर्नकोलागी बालबालिकाहरुलाई ध्यानमा राखी कार्य गर्न र बालमैत्री गाउपालिका घोषणा गर्नको लागी सुचाङ्क सम्बन्धि प्रवर्द्धनात्मक ३ दिने तालिम समेत दिईएको थियो ।

साथै सबै सरोकारवालाहरुले उक्त गाउपालिका २०७७ साल फाल्गुन १८ गते सम्म बालमैत्री बनाउनकोलागी हस्ताक्षर समेत गरेका थिए ।
बालमैत्रीको सबै सुचकहरु पुरा गरी आफ्नो जिम्मेवारी बहन गर्नका लागी आफु तयार रहेको गाऊपालिका उप प्रमुख उतमा रायले बताऊनु भयो।
साथै यो कार्यमा बिभिन्न किसीम कठिनाई भए पनि समय अवधि भित्र कार्य सम्पन् गर्न प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

अलकार्यक्रममा गंगा चौधरी,उत्तमा राय,सकुन्तला केवट, शौकत अलि,बिनोद पाण्डे,सुरेन्द्र चौधरी, उमेश बिक, रंजित शर्मा,देशबन्धु यादव,लगायतहरुको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here