अफगानिस्तानको कान्दाहारमा भीषण बाढी, २० जनाको मृत्यु, कैयौँ बेपत्ता

0
499

काबुल, १९ फागुन ।  मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् ।

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

अधिकारीहरुले कम्तीमा दश जना अझै पनि बेपत्ता रहेको जनाएका छन् । बेपत्ता हुने र मृत्यु हुनेमा केही बालबालिका पनि रहेका छन् ।

देशको अधिकांश ठाउँमा अत्यधिक हिमपात पनि भएको छ । –सिन्ह्वा 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here