नवलपुर, फागुन १८ । नेपाल पत्रकार महासंघ नवलपुरको रिक्त रहेको पदहरुमा भएको निर्वाचनमा नेपाल प्रेस युनियनको प्यानल नै विजयी भएको छ । शनिबार सम्पन्न निर्बाचनमा उपाध्यक्षमा श्रीराम सिग्देल , सचिबमा प्रेम न्यौपाने , सहसचिबमा शारदा झेडिमगर विजयी हुनुभएको छ । सिग्देल ले ५१ मत प्राप्त गर्नु भयो भने उहाँका प्रतिदोन्दी बुद्धिसागरपोखरेलले ५० मत प्राप्त गर्नु भयो । यसै गरि सचिबमा न्यौपानेले ६७ मत प्राप्त गर्दा प्रेस चौतारी तर्फका तिर्थराज डुम्रे ले ३३ मत प्राप्त गर्नु भयो । सहसचिबमा झेडिमगरले ५६ मत प्राप्त गर्दा उहाँका प्रतिद्धोन्दी इतराज गुरुङले ४३ मत प्राप्त गर्नुभयो ।
यसै गरि सदस्यहरुमा मुना दाहाल ६९ मत , राज चापागाई ५६ मत , सन्जय भट्टराई ५५ मत , कृष्णकुमारी ढकाल ५४ मत , विवेक भण्डारी ६६ मत , श्रीधर उपाध्याय ५८ मत प्राप्त गरि विजयी हुनु भएको छ ।
यस अघि नै जनजाती सदस्यमा युनियनकै सहज राना मगर सर्बसम्मत विजयी हुनुभएको थियो । जम्मा १११ मतदाता रहेको नवलपुर शाखामा १०१ मत खसेको थियो । निर्बा्चित पधाधिकारिहरुको घोषणा आजै गरिएको निर्बाचन अधिकृत भुपेन्द्र भट्टराई ले जानकारी दिनु भयो । यो निर्बाचन सङै नेपाल पत्रकार महासंघ नवलपुर ले पुर्णता पाएको छ ।