यसरी हुदैछ श्री गजेन्द्रमोक्ष नारायण मन्दिरमा प्राण प्रतिठा

0
309


परासी, १८ फागुन । नेपालको हरिद्धार भनेर चिनिने त्रिवेणी धाममा नवनिर्मित श्री गजेन्द्रमोक्ष नारायण मन्दिरको एक भव्य समारोह बिच समुद्दघाटन हुने भएको छ । ६ बर्षमा निर्माणकार्य सम्पन्न भएको उक्त विशाल मन्दिरको आईतबार एक भव्य समारोह बिच समुदघाटन गर्दै भगवान श्री गजेन्द्र मोक्ष नारायणको मुर्तिमा वैदिक मन्त्र एवं सुत्रानुसार प्राण प्रतिष्ठा गराईने छ ।

नवनिर्मित विशाल मन्दिरमा राखिएका भगवानको मुर्तिमा सनातन धर्म अनुसार १८ पुराण, १०८ विष्णुपुराण, ४ वेद पाठपारायणका साथै पँच कुण्डयात्मक हवन सहित भगवानको मुर्तिमा प्राण प्रष्ठित गरिने श्रीमुक्तिनाथ पिठाधिश्वर स्वामी श्रीकमलनयनाचार्य श्रीजी महराजले जानकारी दिए ।

भगवानको मुर्तिमा प्राण प्रतिष्ठा गराउनका लागि भारत र नेपालको विभिन्न ठाउँबाट विद्वान साधुसन्तहरुको आगमन भैसकेको छ । मन्दिरको निर्माण समितिका १ सय ५५ जना संस्थापक सदस्य, भक्तजन, विद्वान साधुसन्त र स्वामी श्रीकमलनयनाचार्य सहितले आईतबार सामुहिक रुपमा मन्दिरको समुघाटन गर्दै भगवानको मुर्तिमा प्राण प्रतिष्ठित गर्ने कार्यक्रम रहेको श्रीगजेन्द्र मोक्ष दिब्यधाम त्रिवेणीधामका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्न आचार्यले जानकारी दिए ।

उनका अनुसार यो प्राण प्रतिष्ठा कार्यक्रम पाँच दिन र २ दिन थप धार्मिक प्रवचन तथा यज्ञ कार्यक्रम सहित एक साता चल्ने छ । ६ बर्ष अगाडी श्री मुक्तिनाथ पिठाधिश्वर स्वामी श्री कमलनयनाचार्य श्रीजी महराजको सतसंकल्पबाट यस मन्दिरको निर्माण गर्ने योजना बनेको थियो । उक्त मन्दिरको बाहिरी बनावट नेपालको प्यागोडा शैली एवं भित्री दक्षिण भारतको दैविक सम्पदापन्न बास्तु शैलीको एक अनुपम बैशिष्ठयता प्रत्येक भागमा झल्किन्छ । मन्दिर शंख, चक्र, तिलक, श्री, ध्वजा, वज्र, अंकुश, पुष्प, गौ, हस्ती, आश्वादी मंगलिक चित्राङ्गन गरिएको छ भने मन्दिरमा ३१ वटा ढोका, ९६ वटा झयाल र ५०० भन्दा धेरै मुर्तिहरु निर्माण गरिएको छ । ति मुर्तिमा प्राण प्रतिष्ठा गरेपछि यस मन्दिरमा सधंै पुजा आजा हुने कार्य प्रारम्भ हुन्छ ।

यहाँ आउने साधुसन्त र भक्तजनहरुको लागि खानपिन सहित आवासिय व्यवस्थापन मिलाइएको मन्दिर निर्माण समितिका संस्थापक सदस्य विरेन्द्र अग्रहरीले जानकारी दिए । प्राण प्रतिष्ठा कार्यक्रम १९ गतेदेखि २५ गतेसम्म चल्ने छ उक्त अवधिभरिमा करिब १ लाख भक्तजनहरु आउने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here