लागु औषध सहित युवक पक्राउ

0
292


परासी,१८ फागुन । लागुऔषध सहित एक जना युवकलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । प्रतापपुर गाउपालिका ४ खैरहनी स्थित लु.१ ख ७१८१ नम्बरको बस रोकी चेक जाँच गर्ने क्रममा मध्यविन्दु नगरपालिका ४ पनौती बस्ने ३७ बर्षिय घनश्याम चौधरीलाई लागु औषधी बरामद भए पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

चौधरीसंग नाइट्राभेट—१० नामक २ सय ९७ ट्याबलेट लागु औषध फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरि अनुसंधान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्र थापाले जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here