परासी, १८ फागुन । पटक पटक विधि र नियमलाई लत्याउदै काम गरि चर्चामा आउने गरेको जिल्लाको पाल्हीनन्दन गाउपालिकाले अहिले उपाध्यक्षलाई भ्रमणमा पठाएर गाँउसभा गरेको छ । गाउसभामा तथा बैठकमा गैरकानुनी कदमको विरोध गर्ने हुदा उपाध्यक्ष पावित्री कोहाँर भ्रमणमा गएको मौका छोपी शुक्रवार गाउपालिकाले चाैथाे गाउसभा बैठक सम्पन्न गरेको हो ।
उपाध्यक्ष कोहाँर गत आईतवार गाउपालिका भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको पुर्वी जिल्लाहरुमा अध्ययन भ्रमणको नेतृत्व गरि भ्रमणमा निस्के पछि अध्यक्ष बैजु प्रसाद गुप्ताले सोमवार बोर्ड बैठक बसेर उपाध्यक्ष आउनु पुर्व शुक्रवार नै सभा सम्पन्न गरेको उपाध्यक्ष कोहाँरले फोन सम्पर्क गरेर जानकारी गराईन् ।
गाउसभा बस्छ भनेर आफुलाई जानकारी नै थिएन्, उनले भनिन, म प्रधानाध्यापकहरुको टोलीसंग हेटौडामा थिए, विहिवार राती मात्र मोवाईलमा गाउसभाबारे म्यासेज आयो, कि शुक्रवार गाउसभा हुने भएको छ । जबकी स्थानिय तह सञ्चालन ऐन २०७४ को दफा १९ को ४ मा नियमित गाउसभा बैठक बोलाउने भएमा कम्तिमा एक साता अगावै बैठक बस्ने मिति, समय, स्थान र कार्यसुचि सहितको गाउसभा सदस्यहरुलाई जानकारी पठाउनु पर्ने प्रावधान छ ।
अझ विशेष गाउसभा बस्नका लागि सदस्यहरुद्धारा यदि माग गरिएमा १५ दिन अगाडी नै बैठक बस्ने विषय वा कारण खुलाई जानकारी गराउनु पर्ने सोही उपदफाको ४ मा उल्लेख गरिएको छ । तर गाउपालिका अध्यक्ष गुप्ता र प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले उपाध्यक्षलाई बाईपास गर्नका लागि कानुन नै मिचेर गाउसभा बोलाएको दाबी उपाध्यक्ष कोहाँरको रहेको थियो ।
गाउसभा कार्यसुचीमा राष्ट्रिय गान, अध्यक्षद्धारा अध्यक्षता ग्रहण,उपाध्यक्ष र गाउपालिका सदस्यहरु यथास्थानमा आसन ग्रहण,शहीदको सम्झना,३ सदस्यि विधायन समिति गठन,प्रशासकिय अधिकृतद्धारा हालसम्मको प्रगति विवरण प्रस्तुती,शिक्षा ऐन प्रस्तुती र पास,योजना संसोधन प्रस्ताव पेश गर्ने,विचार÷मत अभिब्यतm गर्न नाम टिपाउने,विचार राख्ने र उठेको प्रश्नको जवाफ दिने कुरा उल्लेख गरिएको छ ।
विधि र नियम विपरित गाउसभा भई रहेको सभामा विरोध गर्ने केही सदस्यहरु भए पनि बहुमतको बल देखाएर गाउसभामा निर्णयहरु पास गरिएको पाल्हीनन्दन ४ का वार्ड सदस्य तथा गाउसभा सदस्य देवेन्द्र पटेलले बताए । आफुले नियमविपरित गाउसभा भई रहेको कुरा उठाएको तर बहुत सदस्यहरुले केही नबोले पछि गाउसभामा सबै निर्णय पास भएको घोेषणा गरिएको थियो । सभामा दुई मिनेट भन्दा बढि कसैले बोल्न नपाउने गरि ह्वीप जारी गरेर अध्यक्ष गुप्ताले निर्णयहरु पास गराएका छन् । पास हुने निर्णय मध्ये एउटा गाउ शिक्षा ऐन २०७५ संघिय कानुनसंग बाझिने गरि पास गरिएको उनले शिक्षा ऐन देखाए ।
उनका अनुसार पहिलो बर्ष पनि अध्यक्ष गुप्ताकै हैकमले शिक्षा ऐन २०७४ हतारमा पास गराईयो,जुन ऐनमा उल्लेख रहेको प्रावधान अनुसार अध्यक्ष गुप्ताले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष स्वम् वार्ड अध्यक्ष हुने प्रावधान राखे,जुन उच्च अदालतमा रिट परे पछि ऐन खारेज भएको थियो । अहिले पनि प्रस्तुत ऐनमा अभिभावक भन्दा फरक ब्यतिmलाई विद्यालय ब्यवस्थान समितिको अध्यक्ष बनाउने गरि घुमाउरो तरिकाले ऐनमा उल्लेख गरिएको छ ।
अभिभावकद्धारा अध्यक्ष छनौट नगरि सदस्य छनौट गर्ने,केही गाउपालिकाले मनोनित गर्ने र सबै सदस्यहरु मध्येबाट एक जनालाई अध्यक्ष बनाउने अध्यक्षको छनौट नभएसम्म जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने प्रावधान राखिएको छ । तर संघिय कानुनमा अध्यक्ष हुने ब्यतिm अभिभावक नै हुनु पर्ने ब्यवस्था छ । यस्ले गर्दा पनि अहिलेको ऐन पनि संघिय कानुनसंग बाझिने नै देखिएको सदस्य पटेलले जानकारी गराए ।
विद्यालयमा शिक्षक भर्ना गर्न नदिएर अध्यापन अनुमतिपत्र नभएका १४ जना ब्यतिmलाई स्वम्सेवक शिक्षक छनौट गरि पठाएका छन्, सदस्य पटेलले भने, वार्ड नं.२ हरपुर स्थित सामुदायिक विद्यालयमा स्थाई शिक्षक हुदा हुदै निजी स्रोतका शिक्षकलाई प्रधानाध्यापक बनाई कानुनको अपहेलना गर्दै आएका छन् । त्यसैको पुनरावृति अहिलेको गाउसभा पनि भएको सदस्य पटेलले जनाए ।
गाउपालिकामा सञ्चालनका लागि विधि र नियम सिकाउने प्रमुख प्रशासकिय अधिकृत पौडेलले नै अध्यक्षलाई गुमराहमा पारी काम गराउने गरेको आरोप स्थानिय महेन्द्र गुप्ताले लगाएका थिए । उनले भने,अधिकृत मात्र होईन्, नियम कानुन मिचेर अध्यक्षलाई काम गराई समाजिक स्तरमा बेवकुफ बनाउने गाउपालिकाका कानुनी सल्लाहकारहरु पनि छन् ।
यता गाउपालिका अध्यक्ष गुप्ताले उपाध्यक्ष कहाँ गएकी छिन,आफुलाई जानकारी नभएको बताए । नियमानुसार सबैलाई जानकारी गराएरै गाउसभा बैठक गरिएको छ,अध्यक्ष गुप्ताले दाबी गरे,उपाध्यक्ष हुन वा दुई चार जना सदस्य अनुपस्थित हुदैमा गाउसभा रोकिने प्रावधान छैन्,त्यही भएर गाउसभा गरिएको हो । उनले नियम पुर्याएर गाउसभा सञ्चालन गरिएको दाबी गरे पनि गाउसभामा प्रस्तुत गरिएको कार्यसुची २०७५ फागुन १७ गते नै मिति उल्लेख गरि वितरण गरिएको थियो । जुन नियमित भए एक साता अगाडी र विशेष भए पन्द्र दिन अगावै सदस्यहरुलाई उपलब्ध गराउनु पर्छ ।