भारतीय कस्टमद्धारा ठगिदै व्यपारी

0
306


♦जितेन्द्र गुप्ता —

महेसपुर, १८ फागुन । नेपाल–भारत कारोबार गर्ने व्यपारीहरु भारतीय कस्टमद्धारा ठगिमा पर्ने गरेको गुनासो गरेका छन् । पश्चिमी नवलपरासीको महेसपुर नाका मुल नाका भएदेखि यसनाकामा ठुला–ठुला व्यपारीहरुको आगमन बढेको छ तर माल निकासीमा विभिन्न अवरोध गर्दै भारतीय कस्टम गाडी पिच्छे अवैध रकम असुल गर्ने गरेको स्थानिय व्यपारीहरु बताउछन् ।
महेसपुर नाका संग जोडिएको भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको सिमावर्ति बजार ठुठीबारीमा अवस्थि कस्टम (भन्सार) का कर्मचारीहरु पैसा नपाउँदा सम्म गाडी नै नपठाउने र अवैध रुपमा मोटो रकम असुल्न गरेको जन गुनासो बढेको छ । कर्मचारीहरु व्यपारीहरुलाई हमारा भी पेट पर्दा है भन्दै ठुला गाडी पिच्छे १ हजार देखि ५ हजार रुपैया भारु सम्म असुली गर्ने गरेका छन् भने साईकल तथा मोटरसाईकलमा घरायसी प्रयोजनका लागि ल्याईने सामाग्रीमा पनि १० देखि ५ सय रुपैया भारु सम्म असुल्ने गर्दछन । पैसा नदिए माल जफत गर्ने र लामो समयसम्म चेकिङ्गको बहानामा अल्झाउने समेतका कार्य गर्ने गरेको महेसपुर बासी बताउछन् ।
सुनौली नाकामा व्यपारीको चापले केहि व्यपारी यो बाटा सहज हुने भनि प्रयोग गर्न थालेपछि सो फाईदा उठाउदै भारतीय कस्टम ठूठीबारीका बरिष्ठ इंशपेक्टर मनोज त्रिपाठी लगायत त्यहाँ खटियक कर्मचारिहरू मालवाहक गाड़ीहरूबाट बल जफ्टी रकम असूली गर्दै आएका छन् । यतिबेला उक्त नाकाबाट कोयला, फलफूल, मोटरपार्ट, साइकिलपार्ट, पेपर, प्लास्टिक, हार्डवेयर, कपडा, खाद्यान्न लगायतका मालसमानहरुको आयात हुने गरेको छ ।
माल आयात गर्दा लाग्ने सरकारी दस्तुर बाहेकपनि अबैध असुलीले ब्यापारीहरू समस्यामा परेको गुनासो गरेका छन । यसको नियन्त्रण तर्फ भारती सम्बन्धित निकायको ध्यान पुगेको छैन ।
अवैध असुलीले महेसपुर नाका छोडी भैरहवाँ नाका प्रयोग गर्दा स्थानिय बाजारको प्रवर्धन तथा महेसपुर भंसारको राजवस्वमा भारी मात्रा हस हुने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here