नवलपरासीको पश्चिम गण्डक नहरमा तैरि रहेको, एक पुरुषको शव फेला

0
280

परासी,१८ फागुन । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं.-९ प्रतापपुर पुल स्थित गण्डक नहरमा ५०/५५ बर्षिय पुरुषको शव शुक्रवार फेला परेको छ ।

गण्डक पश्चिमी नहरको प्रतापपुर पुल र अठलही पुलको बिचमा दिउसो २ बजे पानीमा शव तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी तुरुन्तै घटनास्थल पुगेको थियोे , प्रहरी उक्त शवलाई पानी बाट निकालेको थियो, तर फेला परेको शवको पहिचान नभएको नेपाली मुलको रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ ।

उक्त शब सनाखत हुन नसकेको अन्दाजी ५०/ ५५ बर्षको ती पुरुषको शव पोष्टमार्टनका लागि पृथ्वीचन्द अस्पताल परासी पठाइएको छ । शव कसको हो त्यसको थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर केदार बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here