मदरबाबा मेला अाएका एक युवक नहरमा डुवेर वेपत्ता

0
275

सुस्ता, १६ फागुन ।  पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका २ महलवारी स्थित मदारस्थान मेला भर्न अाएका १८ वर्षीय युवक महलवारी स्थित ठूलाे नहरमा डुवेर वेपत्ता भएका छन्।

वेपत्ता हुनेमा भारत विहारकाे गाेपालपुर थानाकाे विनाेद खरैँया वषने १८ वर्षिय मक्सुद अालम रहेका छन ।

ईलाका प्रहरी कार्यालय वेलाटारीका प्रहरी निरीक्षक केदार वस्नेतले दिएकाे जानकारी अनुसार फागुन १२ गतेदेखि लागेकाे मदार स्थान मेलामा मेला भर्न भारत विहार गाेपालपुर थाना विनाे खरैयाँ गाउँ वस्ने १८ वर्षिय मक्युसुद अालम नहरमा नहाउन जादाँ चिप्लेर नहरमा डुवेर वेपत्ता भएकाे हाे ।
वेपत्ता अालमकाे नहरकाे पानी घटाएर स्थानीय वासिन्दा मेला समिति, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकाे सहयाेगमा खाेज तलास भईराखेकाे प्रहरीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here